अन्य थपदेशप्रदेश-३ [बागमती]मुख्य समाचारराजनीतिशिक्षासमाचारस्पेसलहेडलाइन

के. पी शर्मा ओलीलाई ‘कम्फरटेवल’ किनकि एमालेमा ७० वर्षे उमेरहद :

Share to:
रासंसा/ललितपुर, आश्विन १७, 
मुलुकमा सरकारमा रहदर्हदै बाहिरिनु परेको निबर्तमान सरकार दल  नेकपा एमालेको जारी विधान महाधिवेशनले ७० वर्षे उमेर हद कायमै राख्ने भएको छ । यदि कोही ७० वर्ष पुरा हुनुअघि नै उम्मेदवार भएर जितेको खण्डमा उसले पूरा कार्यकाल काम गर्न पाउने व्यवस्था विधान संशोधनमार्फत गरेको छ । यसले मुख्य त हालका अध्यक्ष केपी शर्मा ओली लक्षित छ । ‘यो व्याख्या र व्यवस्था केपी ओली लक्षित देखिन्छ,’ एक केन्द्रीय सदस्यले भने, ‘दशौं महाधिवेशनमा अध्यक्षमा केपी शर्मा ओली निर्वाचित भए पूर्ण कार्यकाल काम गर्न पाउने देखिएको छ । किनभने केपी ओली अध्यक्षमा दोहोरिने तयारीमा छन् । मंसिरमा महाधिवेशन भए उनी अध्यक्षमा दोहोरिएको केही महिनापछि ७० वर्ष पुग्दैछन् ।’ तर ओलीले यस्तो सुविधा पाएर दोहोरिएमा हाल उपाध्यक्ष, महासचिव र स्थायी कमिटीमा रहेका नेताहरु भने अध्यक्ष हुनबाट बञ्चित हुनेछन् ।

आइतबार ७० वर्षे उमेर हदबारे व्याख्या गर्दै विधान संशोधन प्रस्ताव कार्यदलका संयोजक विष्णु पौडेलले कुनै पनि व्यक्ति पार्टीको कमिटीमा ७० वर्ष पूरा नहुँदै निर्वाचित भएमा कार्यकालको बीचमै ७० वर्ष पूरा भएपनि पूर्ण कार्यकाल काम गर्न पाउने व्यवस्था गरेको बताए ।

एमालेको विधान महाधिवेशनमा ओलीप्रति गरिएको देवत्वकरणको विरोध भइरहेका बेला महाधिवेशनमा ‘फेरि पनि ल्याउनुपर्छ केपी ओलीलाई…’ भनेर ओलीको देवत्वकरण र पुन अध्यक्ष बनाउन लविङ गरेको पाइएको छ ।

Like