Saturday, October 17, 2026
Latest:
धर्म–संस्कृति/रीतिथितिसमाचार

श्रीकृष्ण प्रणामी युवा परिषद्ले १ सय बडी विपन्न घर-परिवारलाई न्यानो कपडा वितरण

Share to:
– अन्जनराज न्यौपाने ,काठमाडौं ,पौष,१४ गते मंगलबार श्रीकृष्ण प्रणामी युवा परिषद नेपालले न्यानो कपडा वितरण गरेको छ ।महागढीमाई नगरपालिका वडा नम्बर १ स्थित महेन्द्र वहुमुखी क्याम्पको प्राङ्गणमा आयोजना गरिएको उक्त कार्यक्रममा
६० परिवारलाई फाईवारको ब्यल्याङ्केट १/१ थान र अन्य विपन्न परिवारलाई न्यानो कपडाहरु गरि १ सय वडी आर्थिक रुपले पछि परेका अति विपन्न घर परिवालाई  वितरण गरिएको हो ।महागढीमाई नगरपालिका वडा नम्बर १ का वडाअध्यक्ष सुदाम साहकानुको प्रमुख आतिथ्यता तथा युवा परिषदका केन्द्रीय अध्यक्ष नवराज ढकालको अध्यक्षतामा आयोजित कार्यक्रम सम्पन्न भएको श्रीकृण्णप्रणामी युवा परिषदका महासचिव सुमन पुडासैनीले जानकारी दिए।
एक कार्यक्रममा शित लहर पिडितहरुलाई महागढीमाई नगरपालिका विभिन्न वडाका दलित,पिछडिएका र असाहाय परिवारलाई न्यायो कपडा स्वरुप फाईवारको ब्यल्याङ्केट तथा कपडाहरु समेत वितरण गरिएक‍ो छ भने भने। उक्त कार्यक्रममा गढीमाई मन्दिर संचालन समितिका उपाध्यक्ष विश्वनाथ महतो, स्थानीय समाजसेवी राजेन्द्र साह लहेरा, परिषदका निवर्तमान अध्यक्ष मातृका प्याकुरेल, नवदुर्गा पार्टी प्यालेस काठमाण्डौका रुपक बानिया, परिषदका प्रदेश नम्बर २ का अध्यक्ष गोपाल ढोडारी, समाजेवी पन्नालला कुशवाहा, सेवा समिति कलैयाका रामाज्ञा प्रसाद साह लगायतकाले समाजमा पछि परेका ब्याक्तिहरुलाई राष्ट्रिय मुलधारमा लैजान सामाजिक संस्थाहरु क्रियाशील भएर लाग्न सक्नुपर्ने भन्दै गरिव ,निमुखा र विपन्न बर्गको साथमा र सेवाभावमा युवा परिषद् दृढताका साथ ७७ वटै जिल्लामालागि पर्नेमा सम्बोधनका क्रममा बक्ताहरुले जोड दिएका थिए। आगामी कार्यक्रमहरु परिषद्ले प्रदेश स्तरीय गर्ने कार्यक्रम रहेको श्रीकृष्ण प्रणामी युवा परिषद् नेपाल काठमाडौले जनाएको छ।
Like