अन्य थपदेशप्रदेश-३ [बागमती]मुख्य समाचारराजनीतिसमाचारस्पेसलहेडलाइन

काठमाण्डौमा दुई सिफ्टमा यसरी मत माग्दै सिर्जना भर्सेस केशव स्थापित

Share to:

रासंसा/काठमाण्डौ, बैशाख २०,

मुलुकमा काठमाण्डौ महानगरपालिकामा गठबन्धन र एमालेका उम्मेदवारले चुनावी प्रचारलाई तीव्रता दिएका छन् । महानगर मेयरमा नेपाली काँग्रेसबाट गठबन्धनकी साझा उम्मेदवार सिर्जना सिंह र एमालेबाट केशव स्थापितले दिनमा दुई सिफ्ट घरदैलो अभियान गरिरहेका छन् । नेपाली काँग्रेसकी नेतृ सिर्जना सिंहले वैशाख १८ गतेबाट घरदैलो अभियान थालेकी हुन् । उनले अहिलेसम्म महानगरका वडाहरू १, १०, १६, १९, २०, २४, २५, २२ र २३ मा घरदैलो कार्यक्रम गरिसकेकी छिन् । काठमाडौं महानगरका गठबन्धनबाट उपमेयरका साझा उम्मेदवार रामेश्वर महर्जन पनि सिंहसँगै घरदैलोमा हिँडिरहेका छन् ।
सत्ता गठबन्धनकी साझा उम्मेदवार सिर्जना सिंह ‘विविध सुसंस्कृतिले भरिएको हाम्रो सहर, सुशासन र सुविधाले सजाउने हाम्रो रहर’को एजेण्डा बोकेर मत मागिरहेकी छन् । यस्तै स्थापित पनि ‘काठमाडौंको मुहार फेर्न एक पटक केशव स्थापितलाई हेर्नुस्’ भनेर जनताको घरदैलोमा जाने गरेका छन् । यसैगरी राप्रपासहित अन्य स्वतन्त्र उम्मेदवारले पनि चुनावी अभियानलाई तीव्रता दिइरहेका छन् । नेपाली काँग्रेस काठमाडौंका जिल्ला सभापति सबुज बानियाँका अनुसार एकीकृत समाजवादीलाई वडाअध्यक्ष दिएर काँग्रेसले सदस्यमा उम्मेदवारी दिएको छ । बाँकी ३१ वडामा काँग्रेसले एकल रुपमा वडाध्यक्ष मैदानमा उतारेको छ । प्रचार अभियानमा मेयर र उपमेयरको पोस्टर बनाएर भोट माग्ने गरिएको छ । यता गठबन्धन सम्बद्ध दल माओवादी केन्द्र, जनता समाजवादी पार्टी र राष्ट्रिय जनमोर्चा सिर्जनाको घरदैलोमा सहभागी भएको देखिएन । यद्यपि उनीहरुले वडामा आफ्ना उम्मेदवारलाई मत माग्दा मेयरमा सिर्जना र उपमेयरमा रामेश्वरको फोटो राखेर प्रचार गरिरहेका छन् । सिर्जनाको साथमा पति प्रकाशमान सिंह सहितका काँग्रेसका शीर्ष नेता पनि घरदैलोमा भोट मागिरहेको भेटिन्छन् । गठबन्धनमा उम्मेदवारले बिहान र साँझ गरी दुई चरण प्रचारप्रसारलाई तीव्रता दिइरहेका छन् । महानगरका ३२ वटै वडाको घरदैलो भ्याउने गरी २७ गतेसम्मको तालिका बनाइएको छ । काँग्रेसका वडा कमिटीसँग समन्वय गरेर सिर्जनाले घरदैलो गरिरहेकी छिन् । काठमाडौंको मेयर र उपमेयरमा पाँच दलको चुनावी तालमेल भएपनि वडामा भने गठबन्धनबीच नै प्रतिस्पर्धा छ । एकीकृत समाजवादीका अध्यक्ष माधव नेपाल बस्ने ३२ नम्बर वडामा भने गठबन्धनबीच चुनावी तालमेल भएको छ ।

Like