गठबन्धनको भावनाअनुसार एकता कायम गर्दै निर्वाचनमा होमिन निर्देशन

Share to:

रासंसा/काठमाण्डौ, बैशाख १८,

मुलुकमा सत्ता गठबन्धनको बैठकले स्थानीय तह निर्वाचनमा समझदारी अनुरूप काम गर्न आ–आफ्ना दलले आ–आफ्ना मातहतका निकायलाई निर्देशन दिने निर्णय गरेको छ । पाँच दलीय गठबन्धनमा समझदारी भएको तर समझदारी अनुरूप उम्मेदवारी फिर्ता नलिएको तथा फिर्ता लिने समय अपुग भएका स्थानहरूमा समझदारी अनरुप कार्य गर्न गराउन आ–आफ्ना दलले आ–आफ्ना मातहतका निकायहरूलाई निर्देशन दिने निर्णय बैठकले गरेको छ ।
स्थानीय तह निर्वाचनको आन्तरिक तयारी र अनुगमन गर्ने संयन्त्रको आज बसेको बैठकले गठबन्धनका साझा उम्मेदवारका विरुद्ध मनोनयन दर्ता गराएका उम्मेदवारलाई कारबाही गर्ने निर्णय गरेको हो । केही दिन अगाडि सबैको सत्ता गठबन्धनमा आबद्ध पाँच दलका शीर्ष नेताको बैठकले महानगर, उपमहानगरको प्रमुख र उपप्रमुख बाँडफाँटको विषय टुङ्गो लगाएको थियो । बैठकले गठबन्धनको मर्म र भावना अनुरूप आपसी एकता कायम गर्दै निर्वाचनमा सक्रियतापूर्वक जिम्मेवारी पूरा गर्ने निर्णय पनि गरेको छ । यो निर्णय पालना नगर्नेलाई आ–आफ्ना दलले कारबाही गर्ने निर्णय पनि संयन्त्रको बैठकले गरेको छ ।

Like