स्थानीय तह निर्वाचनमा ज्येष्ट नागरिक के के भन्छन त ?
रासंसा/ललितपर, बैशाख १७,
विश्वमा हाम्रोजस्तो सानो र गरिब मुलुकमा आजको व्यवस्था ठीक भएजस्तो लाग्दैन । संघीयता खारेज गर्नुपर्छ । यसले आर्थिक रूपमा धेरै असर गरेको देखिन्छ । हामी खानेपानी, बजारभाउ व्यवस्थापन, ढल निकासलगायत समस्या भोग्न बाध्य भइरहेका छौं । यसको व्यवस्थापनमा आगामी जनप्रतिनिधिले विशेष योजना बनाउनुपर्ने आवश्यकता तड्कारो छ । आजको परिप्रेक्ष्यमा शिक्षित वर्गको नेतृत्व अति आवश्यक र खाँचो भइसकेको छ । सुशासनको बागडोर सम्हाल्न शिक्षा महत्वपूर्ण पाटो हो । नयाँ नेतृत्व आजको आवश्यकता पनि हो । अबको स्थानीय तह निर्वाचनले जन्माउने नेतृत्व यस्तो आउनुप-यो कि जसले जनताका मर्म आत्मसात गर्न सकोस् । हामीजस्ता ज्येष्ठ नागरिकका लागि दीर्घकालीन योजना ल्याओस् । तर, चुनावका बेला जति पनि प्रतिबद्धता जनाइन्छन्, जितेपछि ती सब बिर्सन्छन् । घोषणापत्र कागजमै सीमित बन्न पुग्छ । त्यसैले मेरो अनुभवमा अहिलेसम्म चुनावअघि गरिने प्रतिबद्धताअनुसार केही काम भएको छैनजस्तो लाग्छ । अबको भोट भनेको शिक्षित, स्वस्थ विचार र निष्पक्ष तरीकाले काम गर्नेलाई दिने हो । २० वर्षदेखि भोट हाल्दै आएको छु, यसपटक भने सोचेरमात्रै हाल्नेछु । ज्येष्ठ गगारिक
जसले जिते पनि असल, इमान्दार, विकासप्रेमी र जनताको सुखदुःखमा साथ दिने आए हुन्थ्योजस्तो लाग्छ । हाम्रो देश पैसा खाने, दुःख दिने र भनेको काम पूरा नगर्नेमात्र आएर बिग्रिएको त हो नि ! उमेरले ७० कटिसकें, गाउँमा अहिलेसम्म केही परिवर्तन भएको देख्दिनँ । बाटो खन्दैमा विकास नहुने रहेछ ! विकास हुन त जनतालाई गाँसबास र कपासको प्रत्यभूति हुनुपर्छजस्तो लाग्छ । समयमै बजारसम्म नपुग्दा कृषि उत्पादन बर्खामा कुहिने अवस्था छ ।
यो पार्टी, त्यो पार्टीभन्दा पनि राम्रोलाई भोट दिनुपर्छ । हामी आफ्नो घरगाउँ गएर बस्ने वातावरण सिर्जना होस् र पुल बनोस् । १८ वर्षदेखि भोट हाल्दै आएकी छु, अहिलेसम्म ९ पटकजति भोट हालें हुँला । मेरो एउटै इच्छा छ, गाउँमा पुल, बाटो र स्वास्थलगायतमा विकास होस् ।
ज्येष्ठ नागरिक
पुरानालाई धेरै हेरियो । अब नयाँ पुस्तालाई मौका दिइनुपर्छ । राम्रो काम गर्नेले बारम्बार जिते त राम्रै हो तर नराम्रो काम गर्दागर्दै पनि जित्नेबाट के आशा राख्ने ? त्यसैले हामीजस्ता ज्येष्ठ नागरिकका हक, अधिकारका लागि लड्ने युवा नेतृत्व खाँचो छ । घर–आँगनमा आएर हाम्रो समस्या समाधान गर्ने नेतृत्व चाहियो । सरसल्लाह दिने र हरेक समस्या सहजीकरण गरेर जनतालाई सहयोग गर्ने नेता आवश्यक छ । ‘खोला त¥यो, लौरा बिर्सियो’ भनेजस्तो नहोस् । जनताको मन नबुझ्नेलाई भोट दिएर काम छैन । ज्येष्ठ नागरिक