नवनियुक्त कानुन मन्त्री बन्दी लाई पद तथा गोपनियताको सपथग्रहण
रासंसा/काठमाण्डौ , चैत्र २४ ,
मुलुकमा नवनियुक्त कानुन, न्याय तथा संसदीय मामिलामन्त्री गोविन्द बन्दीले बिहिबार (आज) पद तथा गोपनियताको सपथ ग्रहण गर्नुभएको छ । राष्ट्रपति बिद्यादेवी भण्डारीले राष्ट्रपति कार्यालय शितल निवासमा आयोजित बिशेष समारोहमा बन्दीलाई पद तथा गोपनियताको सपथग्रहण गराउनु भएको हो । नवनियुक्त मन्त्री बन्दीको सपथ ग्रहण कार्यक्रममा उपराष्ट्रपति नन्दबहादुर पुन, प्रधानमन्त्री शेरबहादुर देउवा लगायतको उपस्थिति रहेको थियो । उहाँको नाम गोविन्द प्रसाद शर्मा कोइराला भएपनि गोबिन्द बन्दी लेख्दै आउनु भएको छ । बन्दीलाई बिहिबार बिहान प्रधानमन्त्री देउवाले कानुन मन्त्रीमा नियुक्तिका लागि राष्ट्रपति भण्डारी समक्ष सिफारिस गर्नुभएको थियो । बन्दी एकपा एकीकृत समाजवादीका अध्यक्ष माधव कुमार निकट मानिनु हुन्छ । नवनियुक्त कानुनमन्त्री बन्दी सांसद भने होइन । उहाा गैर सांसद भएपनि मन्त्री बन्नु भएको हो ।