पर्यटनमन्त्री आलेको राज्यको सम्पति फिर्ता ल्याउन नसके मन्त्री पद छोड्छु भनाइ

Share to:

रासंसा/काठमाण्डौ, माघ २८,

संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री प्रेमबहादुर आलेको राज्यको सम्पति फिर्ता ल्याउन नसके मन्त्री पद छोड्छु भनाइ रहेको छ । मन्त्रि आलेले आफ्नो मन्त्रालय अन्तरगतको अतिक्रमणमा परेका राज्यको सम्पति फिर्ता ल्याउन नसके आफू एक सेकेण्ड पनि मन्त्री पदमा नबस्ने बताएका छन्। राज्यको दोहन भएको सम्पति फिर्ता ल्याउनु आफ्नो कर्तव्य भएको उनले बताए। विगतदेखि नै सरकारी जग्गाहरुमा अतिक्रमण भइराखेको भएपनि सम्बन्धित निकाय टुलुटुलु हेरेर बसेको भन्दै आफूले फिर्ता गराएरै छाड्ने उनले बताए। पदमा बसुन्जेल इमान्दारपूर्वक देशको लागि काम गर्ने मन्त्री आलेले प्रतिवद्धता व्यक्त गरे। शुक्रबार पर्यटन मन्त्रालयमा आयोजित दोस्रो त्रैमासिक प्रगति समिक्षा र मन्त्रालयस्तरीय समस्या समाधान समितिको बैठकलाई सम्बोधन गर्दै मन्त्री आलेले मातहतका अतिक्रमित सरकारी सम्पति फिर्ता गर्न नसके आफू एक सेकेण्ड पनि पदमा नबस्ने बताएका हुन्। उनले मन्त्रालयमा परिवर्तन देखिने गरी काम गर्न निर्देशन पनि दिए। मन्त्री आलेले पुँजिगत खर्चलाई वृद्धि गर्नेतर्फ सबैको ध्यान जानुपर्ने बताए। पर्यटन मन्त्रालयको पुँजिगत खर्च न्युन छ भनेर शिर निहुराउनुपर्ने अवस्था आउन नदिनेगरी काम गर्न उनले निर्देशन दिए। मन्त्री आलेले सरकारी नियुक्ती पाएका कर्मचारीहरुले अन्य व्यक्तिहरुसँग बसेर सेटिङ गरेको भेटिएमा सह्य नहुने चेतावनी दिए। नेपालका क्यासिनोहरुले विगतमा मन्त्रीसँग सेटिङ गरेर कर नतिर्ने गरेको भन्दै उनले अहिले मन्त्रालय कर उठाउन लागेको बताए। आफुले राम्रो काम गरिरहेपनि केही मिडियाहरु भने आफ्नो विरुद्धमा लागेको भन्दै उनले गलत समाचारमा विश्वास नगर्न आग्रह गरे।

Like