अपराधतनहुँ जिल्लाको विशेष समाचारदेशधर्म–संस्कृति/रीतिथितिप्रदेशप्रदेश-१प्रदेश-२प्रदेश-३ [बागमती]प्रदेश-४ [गण्डकी]प्रदेश-५ [लुम्बिनी]प्रदेश-६ [कर्णाली]प्रदेश-७ [सुदुर पश्चिम]मुख्य समाचारसमाचारहेडलाइन

दमौलीमा प्रभातफेरीसहित लैङ्गिक हिंसा विरुद्धको १६ दिने अभियान सुरु

Share to:

अन्जन राज न्यौपाने गण्डकी प्रदेश तनहुँ
सूचना ब्युरो

​दमौली (तनहुँ), ९ मंसिर ।
“लैङ्गिक हिंसा अन्त्यको लागि ऐक्यबद्धताः पीडितको संरक्षण, दण्डहीनताको अन्त्य र न्यायको सुनिश्चितता” भन्ने राष्ट्रिय नाराका साथ व्यास नगरपालिकाको आयोजनामा आज (बुधबार) दमौलीमा प्रभातफेरी कार्यक्रम सम्पन्न भएको छ। लैङ्गिक हिंसा विरुद्धको १६ दिने अभियानको सुरुवातका अवसरमा आयोजित उक्त प्रभातफेरी दमौली बजार परिक्रमा गर्दै अनसन चौतारीमा पुगेर कोणसभामा परिणत भएको हो।
​“विविधतायुक्त गाउँ सहर, समृद्ध मेरो व्यास नगर” भन्ने मूल ध्येय बोकेको व्यास नगरपालिकाद्वारा आयोजित सचेतनामूलक र्‍यालीमा जनप्रतिनिधि, कर्मचारी, सुरक्षाकर्मी, विभिन्न सङ्घसंस्थाका प्रतिनिधि, महिला अधिकारकर्मी तथा स्थानीयको उत्साहजनक सहभागिता रहेको थियो। सहभागीहरूले लैङ्गिक हिंसा अन्त्य र पीडितको न्याय सुनिश्चिततासम्बन्धी विभिन्न प्लेकार्ड तथा ब्यानरसहित नगर परिक्रमा गरेका थिए।
​अन्तर्राष्ट्रिय नारा “UNITE to End Violence Against Women and Girls: Ensure justice, protect survivors, end impunity” सहित सुरु भएको यो अभियान आज २०८३ मंसिर ९ गते (२५ नोभेम्बर) देखि मंसिर २४ गते (१० डिसेम्बर २०२६) सम्म सञ्चालन हुनेछ।
​अनसन चौतारीमा आयोजित कोणसभालाई सम्बोधन गर्दै वक्ताहरूले लैङ्गिक हिंसा केवल महिलाको मात्र समस्या नभई समग्र समाजको विकासको बाधक भएकाले यसको अन्त्यका लागि घरघरबाटै सचेतना जगाउनुपर्नेमा जोड दिएका छन् । पीडितको संरक्षण गर्दै दोषीलाई कानुनी दायरामा ल्याएर दण्डहीनताको अन्त्य गर्न सबै पक्षको सामूहिक प्रतिबद्धता आवश्यक रहेको महिला अगुवाहरूको भनाइ रहेको छ।

Like