ट्राफिक प्रहरी र नेपाल प्रहरीको संयुक्त चेकजाँच तथा सचेतना कार्यक्रम तीव्र

अन्जन राज न्यौपाने गण्डकी प्रदेश सूचना ब्युरो तनहु
दमौली, तनहुँ | राष्ट्र संरक्षण डट कम | सडक सुरक्षा अभिवृद्धि र सम्भावित सवारी दुर्घटना न्यूनीकरण गर्ने उद्देश्यका साथ जिल्ला ट्राफिक प्रहरी , नेपाल प्रहरीको संयुक्त चेक जाँच अभियान अन्तर्गत, दमौली र आसपासका मुख्य राजमार्ग क्षेत्रमा २५३ सवारी साधनका चालक तथा यात्रुहरूलाई सचेतना प्रदान गरिएको छ। जिल्ला प्रहरी कार्यालय तनहुँका प्रमुख, प्रहरी उपरीक्षक टेकबहादुर कार्कीले विभिन्न सवारी साधनका चालक र पैदल यात्रुहरूलाई सवारी दुर्घटना हुनबाट जोगाउन यो अभियान सञ्चालन गरिएको बताएका छन्। अभियानका क्रममा ७२ वटा दुई पाङ्ग्रे, ११२ वटा चार पाङ्ग्रे साना सवारी साधन र ६९ वटा ठूला सवारी साधनका यात्रु तथा चालकहरूलाई ट्राफिक नियमको पालनाबारे जानकारी दिँदै, “तपाईंको सुरक्षा, हाम्रो चासो” को सन्देश प्रवाह गरिएको छ।
