प्रदेश-१प्रदेश-२प्रदेश-३ [बागमती]प्रदेश-४ [गण्डकी]प्रदेश-५ [लुम्बिनी]प्रदेश-६ [कर्णाली]प्रदेश-७ [सुदुर पश्चिम]मुख्य समाचारसमाचारहेडलाइन

म्याग्दे गाउँपालिकाद्वारा खाद्य डिभिजन कार्यालय तनहुका प्रमुख ज्योति आचार्यलाई फेरि भेटौँला एवं सम्मान कार्यक्रम आयोजना

Share to:

अन्जनराज न्यौपाने
​तनहुँ, म्याग्दे — खाद्य डिभिजन कार्यालय तनहुँका प्रमुख ज्योति आचार्य चितवन डिभिजन कार्यालयमा सरुवा भई जान लाग्नुभएको अवसरमा म्याग्दे गाउँपालिकाले एक भव्य विदाई तथा सम्मान कार्यक्रमको आयोजना गरेको छ।
​म्याग्दे गाउँपालिकाका अध्यक्ष श्री प्रसाद श्रेष्ठको प्रमुख आतिथ्यमा आयोजित उक्त कार्यक्रममा जिन्सी शाखाका प्रमुख प्रदीप न्यौपाने लगायत गाउँपालिकाका सम्पूर्ण कर्मचारीहरूको संयुक्त सहभागितामा प्रमुख आचार्यलाई सम्मानसहित विदाई गरिएको थियो।
​तनहुँ जिल्लामा कार्यरत रहँदा प्रमुख आचार्यले खाद्य गुणस्तर तथा नियमनका क्षेत्रमा अतुलनीय योगदान पुर्याउनुभएको थियो। उनले जिल्लाका विभिन्न पसल, होटल तथा उद्योगी–व्यवसायीहरूको क्षेत्रमा नियमित रूपमा अनुगमन तथा निरीक्षण गरी उपभोक्ता हित र स्वास्थ्यलाई प्राथमिकतामा राखेर काम गरेका थिए। उनको यस किसिमको सक्रियता र जनपक्षीय कार्यशैलीबाट जिल्लावासी तथा आम उपभोक्ताहरू अत्यन्त हर्षित भएका छन्।
​पाँचवटा जिल्ला कार्यक्षेत्र रहेको यस जिम्मेवारीमा रहँदा उनले अत्यन्तै मेहनत, निष्ठा र इमानदारीका साथ काम गर्नुभएको थियो। देशमा सुशासन कायम गर्न, खाद्य वस्तुमा हुने मिसावट पूर्ण रूपमा बन्द गराउन तथा गैरकानुनी र अवैध ढङ्गले सञ्चालित गतिविधिहरूलाई तुरुन्त रोक लगाउन उनी एक व्यक्तिगत रूपमा क्रियाशील र अडिग कार्यालय प्रमुखका रूपमा परिचित हुनुहुन्छ।
​कार्यक्रममा वक्ताहरूले तनहुँ जिल्लामा खाद्य सुरक्षा र गुणस्तर नियमनमा आचार्यले पुर्याउनुभएको योगदानको उच्च प्रशंसा गर्दै उनको आगामी कार्यकालको सफलताको शुभकामना व्यक्त गरेका थिए।

Like