नेपाल स्वयंसेवी रक्तदाता समाजका केन्द्रीय अध्यक्ष एवं नेपालका सर्वाधिक स्वयंसेवी शतक रक्तदाता प्रेमसागर कर्माचार्यले आफ्नो नियमित रक्तदान १८७औं पटककाे गरे रक्तदान
रासंसा/मुगु, आषाढ २४,
मुलुकमा नेपाल स्वयंसेवी रक्तदाता समाजका केन्द्रीय अध्यक्ष एवं नेपालका सर्वाधिक स्वयंसेवी शतक रक्तदाता प्रेमसागर कर्माचार्यले आफ्नो नियमित रक्तदान १८७औं पटककाे रक्तदान जिल्ला अस्पताल मुगुमा सम्पन्न गरेकाेछ ।
नेपाल स्वयंसेवी रक्तदाता समाज मुगु जिल्ला शाखा गठनार्थ आयाेजित भेलाद्वारा उक्त विशेष कार्यक्रमकाे सभाध्यक्ष मुगु जिल्ला समन्वय समितिका प्रमुख मञ्जन कार्की गर्नुभएको थियो । विशेष अतिथि द्वय: जिल्ला समन्वय समितिका उप-प्रमुख नैली कार्की र जिल्ला प्रशासन कार्यालयका प्रमुख खडाण्ड खत्री र अतिथिहरूमा क्रमश: मुगु अस्पतालका मेडिकल अधिकृत नहकुल शाही, जिल्ला अनुसन्धान प्रमुख राजेन्द्र कुमार चन्द,नेपाल रेडक्रस साेसाइटी मुगु जिल्ला शाखाका सभापति जयबहादुर मल्ल र मुगु अस्पतालका डा. पुष्पाराज भाम समेतकाे आतिथ्यतामा सञ्चालित साे कार्यक्रमले बलिबहादुर बुढा अध्यक्ष,उपाध्यक्ष सकुन्तला बुढा,सचिव शक्क बुढा,काेषाध्यक्ष सितला मल्ल र सदस्यहरूमा क्रमशः जिग्मेद लामा,नवीन कार्की,मुकेश शाही,हिरा कुमा,सुन्तला मल्मै,नामती वुढा र सनत हमाल रहने गरि नेपाल स्वयंसेवी रक्तदाता समाज मुगु जिल्ला शाखाकाे सर्वसम्मत चयन गरिएको छ ।
त्यसैगरी नेपाल स्वयंसेवी रक्तदाता समाज मुगु जिल्ला शाखाका नवगठित समितिलाई आवश्यक सल्लाह सुझाबकाे लागि सल्लाहकार समिति समेत गठन गरिएकाे छ । जसमा डा. नहकुल शाही,जय बहादुर मल्ल,रुप बहादुर मल्ल,डा.पुष्पराज भाम रहनु भएकाे छ । उक्त बिशेष कार्यक्रममा नेपाल स्वयंसेवी रक्तदाता समाजका केन्द्रीय अध्यक्ष एवं नेपालका सर्वाधिक स्वयंसेवी शतक रक्तदाता प्रेमसागर कर्माचार्यलाई कार्यक्रमका सभाध्यक्ष, प्रमुख जिल्ला अधिकारी,उपप्रमुख लगायत अन्य अतिथिहरूबाट सामुहिक तवरले सम्मान-पत्र प्रदान गरि अभिन्दन गरेका थिए ।
