मुख्य समाचारविश्व

समाजवादी विचार क्यान्सर जस्तै हो, यसलाई काटेर फाल्नुपर्छ : राष्ट्रपति ट्रम्प

Share to:

एजेन्सी/आषाढ २२,

विश्वमा अमेरिकाको २५० औँ स्वतन्त्रता दिवसका अवसरमा राष्ट्रपति डोनाल्ड ट्रम्पले अमेरिकालाई ‘मानव इतिहासको सर्वोच्च उपलब्धि’ बताएका छन्। वासिंगटनमा आयोजित कार्यक्रममा उनले अमेरिका सधैँ ‘कम्युनिस्ट विचार’ विरोधी रहेको उल्लेख गर्दै आफ्नो कार्यकालमा देश पहिलेभन्दा बढी गर्विलो भएको दाबी गरेका हुन्। आँधीका कारण कार्यक्रममा केही घण्टा ढिलो भए पनि ट्रम्पले आफ्नो सम्बोधन जारी राखेका थिए। उनले ‘नेशनल मल’मा जम्मा भएका समर्थकहरूलाई सम्बोधन गर्दै भने, ‘अढाई शताब्दीदेखि हाम्रो अमेरिकी गणतन्त्र मानव इतिहासको सर्वोच्च उपलब्धिको रूपमा खडा छ।’ उनले पछिल्ला दिनमा अमेरिकामा केही समूहले समाजवादी व्यवस्थाको पक्षमा काम गरिरहेको विषय दोहोर्‍याए। नोभेम्बरमा हुन लागेको ‘मिडटर्म’ निर्वाचनलाई लक्षित गर्दै उनले भने, ‘यो क्यान्सर जस्तै हो, यसलाई काटेर फाल्नुपर्छ।’ साथै, उनले इरान र भेनेजुएलाविरुद्धको सैन्य अभियानको चर्चा गर्दै वासिंगटनले तेहरानको सेनालाई समाप्त गरेको दाबी गरेका छन्। ट्रम्पले दोस्रो विश्वयुद्ध, कोरियाली र भियतनाम युद्धका राजनीतिक तथा सैनिक नेतृत्वको भूमिकाको प्रशंसा गरे। पछिल्ला दुई युद्धलाई उनले ‘कम्युनिस्ट’ विरुद्धको लडाइँको उदाहरणका रूपमा प्रस्तुत गरेका उनले भने, ‘हाम्रा योद्धाहरूले विश्वका विभिन्न युद्धभूमिमा कम्युनिजमविरुद्ध लडे, तर अब त्यही खतरा अमेरिकामै फर्केर टाउको उठाउँदै छ। हामी यसो हुन दिनेछैनौँ।’ राजधानीमा जुलाई ४ को अवसरमा तापक्रम १०३ फरेनहाइट (३९.४ डिग्री सेल्सियस) सम्म पुगेको थियो। मौसमको खराबीका कारण न्यूयोर्क र बोस्टनजस्ता शहरका कार्यक्रम प्रभावित भए पनि वासिंगटनमा समर्थकहरू जम्मा भएका थिए। कार्यक्रममा सहभागी रिचर्ड सुलिभानले भने, ‘उहाँले हाम्रो महान् इतिहासको बारेमा बताउनुभयो। उहाँले हामीलाई अमेरिकी हुनुमा गर्व महसुस गराउनुभयो।’ यद्यपि, यो २५० औँ वर्षको उत्सव अमेरिकाका लागि उत्सवसँगै चिन्तनको क्षण पनि बनेको छ। एक सर्वेक्षणअनुसार ६१ प्रतिशत अमेरिकीहरूले संयुक्त राज्य अमेरिका स्वतन्त्रता घोषणापत्रका आदर्शअनुसार नचलेको ठान्छन्।

Like