गण्डकी मिडिया समिट २०८३ मा पत्रकार विश्वबन्धु भण्डारीसहित सम्मानित
अन्जनराज न्यौपाने/कास्की, आषाढ २०,
मुलुकमा गण्डकी प्रदेश स्तरीय “गण्डकी मिडिया समिट २०८३” मा विभिन्न विधामा सम्मानित एवं पुरस्कृत हुनुभएका पत्रकारहरूलाई बधाई दिइएको छ।
समिटमा नेपाल पत्रकार महासंघ तनहुँ शाखाका संस्थापक अध्यक्ष, प्रेस स्वतन्त्रता सेनानी आदरणीय *विश्वबन्धु भण्डारी* सर लगायत गण्डकी प्रदेशका वरिष्ठ पत्रकार र सञ्चारकर्मीहरू सम्मानित भएका हुन्।

लामो समयदेखि पत्रकारिता क्षेत्रमा पुर्याएको योगदान, प्रेस स्वतन्त्रताको पक्षमा गरेको संघर्ष र तनहुँको पत्रकारिता आन्दोलनमा खेलेको अग्रणी भूमिकाको कदर गर्दै भण्डारीलाई सम्मान गरिएको हो।
सम्मानित हुने अन्य पत्रकार र सञ्चारकर्मीहरूलाई पनि उनीहरूको व्यावसायिकता र योगदानको मूल्याङ्कन गर्दै पुरस्कार तथा सम्मानपत्र प्रदान गरिएको थियो।
सम्मानित सम्पूर्ण व्यक्तित्वहरूलाई पत्रकारिता क्षेत्रको गरिमा बढाउन महत्वपूर्ण योगदान पुर्याएको भन्दै विभिन्न संघ-संस्था र शुभेच्छुकहरूले बधाई तथा शुभकामना व्यक्त गरेका छन्।
गण्डकी मिडिया समिटले प्रदेशका सञ्चारकर्मीहरूको मनोबल बढाउन र पत्रकारिताको विकासमा सहयोग पुग्ने अपेक्षा गरिएको छ।
