स्वस्थ वृद्धावस्थाका लागि योग’ (योगा फर हेल्थ एजिङ)

Share to:

डा. योगयात्री विष्णु/काठमाडौँ, २९ जेठ ।

मुलुकमा बाह्रौँ विश्व योग दिवस, २०२६ मनाउन गठित मूल समारोह समितिले ‘स्वस्थ वृद्धावस्थाका लागि योग’ (योगा फर हेल्थ एजिङ) भन्ने आदर्श वाक्य तय गर्दै साताव्यापी कार्यक्रम तर्जुमा गरेको छ ।
आगामी असार ७ गते (जुन २१) मा मनाइने दिवसका लागि शिक्षा तथा खेलकुद मन्त्रालयद्वारा सचिव चुडामणि पौडेलको संयोजकत्वमा गठित समितिको गत जेठ २१ गते भएको बैठकले दिवसका अवसरमा विविध रचनात्मक प्रवर्द्धनात्मक र प्रचारात्मक कार्यक्रम गर्न सम्बद्ध सङ्घसंस्थालाई आग्रह गरेको हो ।
मन्त्रालयका उपसचिव शिवप्रसाद घिमिरेका अनुसार बैठकले चलचित्र प्रदर्शनी, पुस्तक विमोचन, रक्तदान, सार्वजनिक परिसंवाद, प्रभातफेरि दीप प्रज्ज्वलन, र्याली, झाँकी, सामूहिक योगाभ्यास, योग प्रदर्शन, वक्तृत्वकला, वादविवाद प्रतियोगिता, चित्रकलाजस्ता कार्यक्रम गर्न आग्रह गरेको छ । कार्यक्रमबारे पूर्वजानकारी गराउन र कार्यक्रमपश्चात प्रतिवेदन दिन मन्त्रालयले आग्रह गरेको छ ।
समितिले प्रदेशमा शिक्षा हेर्ने मन्त्रालयको संयोजकत्वमा शिक्षा, स्वास्थ्य, पर्यटनसम्बद्ध मन्त्रालयका प्रतिनिधिसमेतको सहभागितामा योग दिवस मनाउन सबै प्रदेश सकारकारहरूलाई प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमार्फत अनुरोध गर्ने पनि निर्णय गरेको छ ।

Like