प्रहरी नायव उपरीक्षक गोपी कृष्ण सुबेदीको मधेश प्रदेश प्रहरी कार्यालय, गम्भीर अपराध अनुसन्धान शाखा, जनकपुर, धनुषा सरुवा

अन्जनराज न्यौपाने
गण्डकी प्रदेश
कास्की।
कास्की – गगनगौडा, कास्कीस्थित नेपाल प्रहरी राजमार्ग सुरक्षा तथा ट्राफिक व्यवस्थापन कार्यालयमा कार्यरत प्रहरी नायव उपरीक्षक गोपी कृष्ण सुबेदीको मधेश प्रदेश प्रहरी कार्यालय, गम्भीर अपराध अनुसन्धान शाखा, जनकपुर, धनुषा सरुवा भएको छ।
सरुवाका क्रममा कार्यालयका प्रमुख प्रहरी उपरीक्षक दान बहादुर थापाको प्रमुख उपस्थितिमा ‘फेरी भेटौला’ कार्यक्रम सम्पन्न गरिएको हो ।
कार्यक्रममा कार्यालयमा कार्यरत प्रहरी अधिकृत तथा जवानहरूको उपस्थिति रहेको थियो। सरुवा भई जान लागेका प्रहरी नायव उपरीक्षक सुबेदीलाई फूलमाला र मायाको चिनो उपहारसहित सफल कार्यकालको शुभकामना व्यक्त गर्दै बिदाइ गरिएको छ।
Like