सुकुम्वासी बस्तीहरु बसाल्ने राष्ट्रीय पञ्चायताकी पूर्व माननिय सदस्य अरिष्ठ समाजसेवी नानीमैया दाहालको निधन

Share to:

रासंसा/काठमाण्डौ, फाल्गुण ३,

मुलुकमा राजधानीका कैयन स्थानमा घरवार विहिनहरुको सुकुम्वासी बस्तीहरु बस्लानु भएकी राष्ट्रीय पञ्चायतको पूर्व माननिय सदस्य समाजसेवी नानीमैया दाहालको उपचारका क्रममा आज काठमाण्डौं चावहिल स्थित हेल्पिङ्ग हेण्ड अस्पतालमा ९१ बर्षको उमेरमा निधन भएको छ । उहाॅंले दसकौं देखि आफ्नो नामको जग्गा दिलाई पाउॅं भन्दै पशुपति क्षेत्र विकास कोष लगाएतका निकायहरुमा धाउंदा धाउंदै आज संसारवाट विदा हुनुभएको छ । स्मरण रहोस उहांको आफ्नो सन्तान नभएकोले बहिनीको छोरालाई अगाल्नु भएको थियो केहि बर्ष अगाडी धर्मपुत्रको पनि निधन भएपछि दाहाल विक्षिप्त हुदै आउनु भएको दियो । दाहाल काठमाण्डौ जोरपाटी बस्दै आउनु भएकी दाहाल केहि समय अगाडी स्वर्गिय धर्मपुत्रको श्रीमतीले घांटी कसेर मार्न खोजेको भन्दै विभिनं संचार माध्यममा अन्तवार्तामा बताउनु भएको थियो । जिवनका धैरै पल दिनदुखीको अधिकार र न्यायका लागि लड्नु भएकी दाहाल आफुभने पिडित हुदै अस्ताउनु भयो । स्वर्गवासी दाहालमा भावपूर्ण श्रद्धाञ्जली ।

Like