रविविरुद्ध काठमाडौँबाट पनि पक्राउ पुर्जी जारी
रासंसा/काठमाण्डौ, मार्ग ०२,
मुलुकमा सहकारी ठगी प्रकरणमा राष्ट्रिय स्वतन्त्र पाटी (रास्वपा) का सभापति रवि लामिछानेविरुद्ध काठमाडौँ जिल्ला अदालतबाट पनि पक्राउ पुर्जी जारी भएको छ। आइतबार काठमाडौँ जिल्ला अदालतका न्यायाधीश शिशिरराज ढकालले रवि लामिछानेलाई थुनामा राखेर अनुसन्धान गर्न प्रहरीलाई अनुमति दिएको हो। काठमाडौँको कालीमाटीस्थित स्वर्णलक्ष्मी बहुउद्देश्यीय सहकारी संस्थाको रकम अपचलनमा संलग्न रहेको आरोपमा लामिछानेविरुद्ध पक्राउ पुर्जी जारी भएको हो। लामिछाने अहिले जिल्ला प्रहरी कार्यालय कास्कीको हिरासतमा छन्।
Like