आईसीसी विश्वकप लिग २ मा दोस्रो खेलमा पनि अमेरिकाविरुद्ध नेपाल पराजित
रासंसा/काठमाण्डौ, कार्तिक १८,
नेपाल अमेरिकासंग ३७ रनले पराजित भएको हो । यसअघि लिग २ को पहिलो खेलमा नेपाल अमेरिकासँग ३ विकेटले पराजित भएको थियो । अमेरिकामा जारी आईसीसी विश्वकप लिग २ त्रिकोणात्मक सिरिजमा नेपाल अमेरिकासँग दोस्रो खेलमा पनि पराजित भएको छ। अमेरिकाको डालस स्थीत ग्राण्ड पेरी क्रिकेट रंगशाला भएको खेलमा टस हारेर ब्याटिङको निम्तो पाएको अमेरिकाले ५० ओभरमा ८ विकेट गुमाउँदै २ सय ८१ रन बनाएको थियो। त्यसैगरी नेपालले अर्का ओपनर आसिफ शेखलाई ६ रनमा गुमाएको थियो। दोस्रो विकेटलाई अनिल र कुशल भुर्तेलले ७१ रनको साझेदारी गरेका थिए। जवाफमा नेपाल ४९.५ ओभरमा २४४ रनमा सबै विकेट गुमाउँदै ३७ रनले पराजित हुन पुगेको हो। नेपालका लागि सबै भन्दा वढि ओपनर अनिल साहले ८० बलमा ४ चौका र १ छक्कासहित सर्वाधिक ५२ रन जोडे। सोमपाल कामीले २७ बलमा ४ चौका र २ छक्कासहित ४६ रनको आक्रामक इनिङ खेले पनि नेपालले खेल आफ्नो पक्षमा पार्न सकेन। दीपेन्द्रसिंह ऐरीले ३८ बलमा १ चौका र १ छक्कासहित ३१ रन बनाए। कुशल भुर्तेल २९ रनमा बोल्ड आउट भए । कुशल मल्ल ५४ बलमा १ चौका र १ छक्कासहित ३३, कप्तान रोहित पौडेल १, गुल्सन झा १२ र आरिफ शेख २१ रनमा क्याच आउट भए। अमेरिकाका सौरभ नेत्रवालकरले ९.५ ओभरमा १ मेडनसहित ४७ रन खर्चेर सर्वाधिक ४ विकेट लिए । नोष्थुश केंजिगे र साड्ली भान शाक्ली २/२ तथा जसदीप सिंह र हरमीत सिंहले १/१ विकेट लिए। कप्तान मोनांक पटेलले ८१ बलमा ५ चौका र १ छक्कासहित ६७ रन बनाए।हरमीत सिंहले ४४ बलमा ३ चौका र ३ छक्कासहित ५९ रनको योगदान दिए। यस अघि पहिला व्याटिङ गरेको अमेरिकाका लागि सबै भन्दा वढि साइतेजा मकामल्लाले ८७ बलमा ४ चौका र १ छक्कासहित सर्वाधिक ७५ रनको योगदान दिए। नेपालका गुल्शन झाले १० ओभरमा ८७ रन खर्चेर ३ विकेट लिए। सोमपाल कामी र सन्दीप लामिछानेले समान २ तथा कुशल भुर्तेलले १ विकेट लिए । नेपालले पहिलो खेलमा स्कटल्यान्डलाई ५ विकेटले हराएको थियो। अमेरिका भ्रमणमा रहेको नेपालले अन्तिम खेल स्कटल्यान्डसँग सोमबार खेल्नेछ। आजको हारसंगै नेपालल लिग २ मा ११ खेलमा २ मा जित र ८ मा हारसहित ५ अंकका साथ सातौं स्थानमा छ । अमेरिका १२ खेलमा ८ मा जितसहित १६ अंक बटुलेर तालिकाको शीर्षस्थानमा उक्लीएको छ । क्यानडा १२ खेलमा १६ अंकका साथ नेटरनरेटका कारण दोस्रो स्थानमा छ ।