देवविक्रमको नाममा दुई लाखको अक्षयकोष स्थापना
पुष्पराज खतिवडा/तनहुँ, आश्विन ९,
मुलुकमा देवघाटमा रहेको श्री परमानन्द संस्कृत गुरुकुल विद्यापीठमा एक लाख एक हजार एक सय एघार र श्री आदर्श माध्यमिक विद्यालय जयपुर झापामा एक लाख एक हजार एक सय एघार रुपैयाँ देवविक्रमको नाममा अक्षय कोष स्थापना गरिएको छ । अक्षय कोषको ब्याजबाट श्री परमानन्द संस्कृत गुरुकुल विद्यापीठ देवघाटमा शास्त्री तहमा अध्ययन गर्ने विद्यार्थीमध्ये ऎच्छिक नेपाली विषयमा सर्वोकृष्ट अङ्क ल्याउने एकजनालाई आएको ब्याजबाट पुरस्कार दिने र झापामा रहेको श्री आदर्श माध्यमिक विद्यालय जयपुरमा कम्प्युटर इन्जिनियरिङ विषयमा कक्षा १० मा अध्ययनरत दुई जना अनुशासित र चरित्रवान विद्यार्थीलाई आएको ब्याजबाट पुरस्कार दिने निर्णय भएको छ । सो पुरस्कारको नाम `देवविक्रम स्मृति पुरस्कार´ राखिएको छ। देवविक्रम खतिवडाको यही २०८१ असार १४ गते क्यान्सरका कारण स्वर्गारोहण भएको थियो ।