कक्षा १२ को परीक्षामा परमानन्द संस्कृत गुरुकुल (देवघाट) उत्कृष्ट
पुष्पराज खतिवडा/तनहुँ श्रावण २१,
मुलुकमा २०८१ सालको कक्षा १२ को परीक्षामा परमानन्द संस्कृत गुरुकुल (देवघाट) संस्कृततर्फ देशभरका गुरुकुलहरूबाट ३.७६ GPA सहित सर्वोत्कृष्ट हुन सफल भएको छ । यस गुरुकुलका श्रीधर पाण्डेय संस्कृततर्फ नेपाल प्रथम भएका छन् । साथै गुरुकुलका १७ जना सम्पूर्ण छात्रहरूले A+ र A ग्रेडमा उत्तीर्ण भएका छन् । यस गुरुकुलबाट संस्कृततर्फ ६ पटक नेपाल प्रथम हुन सफल भएको कुरा गुरुकुलका प्राचार्य डा. स्वामी विमलानन्द सरस्वतीजीले बताउनु भएको छ । उत्तीर्ण विद्यार्थीहरूलाई बधाई एवम् शुभकामना छ ।
Like
