अमेरिकी पूर्व राष्ट्रपति ट्रम्पमाथि गोली प्रहार
एजेन्सी,
अमेरिकाका पूर्व राष्ट्रपति डोनाल्ड ट्रम्पमाथि गोली प्रहार भएको छ। पेन्सिल्भेनियामा चुनावी सभाको क्रममा उनीमाथि गोली प्रहार भएको र उनी घाइते भएको बीबीसीले जनाएको छ। गोली चल्नासाथ उनलाई त्यहाँबाट सुरक्षित निकालिएको छ। चुनावी सभाको क्रममा कैयन राउन्ड गोली चलेको आवाज सुनिएको पनि बताइएको छ। सार्वजनिक भएका भिडियोहरूमा ट्रम्पको कानमा चोट लागेको र अनुहारमा रगत देख्न सकिन्छ।
Like