आज विश्व दूरसञ्चार दिवस, विश्व उच्च रक्तचाप दिवस मनाइदै
रासंसा/काठमाण्डौ, ज्येष्ठ ४,
विश्वमा सन् १९१३ मा पहिलो पटक काठमाडौंमा टेलिफोन लाइन जोडिएकोमा एक वर्षपछि सन् १९१४ मा काठमाडौंदेखि भारतको रक्सौलसम्म टेलिफोनको प्रयोजनका लागि तार लाइन जडान गरिएको थियो ।सन् १९३६ मा काठमाडौंबाट धनकुटासम्मको ट्रंक लाइन स्थापना गरियो । सन् १९५० मा उपत्यकामा राजदरबार र तत्कालीन राणा परिवारले प्रयोग गर्नेगरी १०० लाइन टेलिफोन क्षमताको एक्सचेन्ज जडान भयो । यी फोनहरू शासक वर्गका लागि मात्र उपलब्ध थियो । सन् १९९९ मा नेपालमै पहिलो पटक मोबाइल फोनको शुरुवात भयो । सन् २००० मा आएर इन्टरनेटको व्यवसायिक शुरुवात भयो । २००३ मा आएर प्रिपेड मोबाइललाई विस्तार गरियो । २००५ मा सिडिएमए फोन सेवाको थालनी भयो ।नेपालभर विस्तारित मोबाइल नेटवर्कमा सन् २००७ मा आएर जिपिआरएस र थ्रिजी सेवाको थालनी भयो । त्यसपछिका उपलब्धिहरू त नयाँ पुस्ता नै गवाही हुन् ।तर सुस्तरी हाम्रा पुस्ताहरू मोबाइल, इन्टरनेट, फेसबुक, यु–ट्यूब लगायत अन्य प्रविधि र दूरसञ्चारका कीर्तिमानी आयामसँग लुटपुटिँदै हुर्कदैछन् । सन् १९६२ मा आएर मात्रै सर्वसाधारणको प्रयोजनका लागि ३०० लाइन क्षमताको एक्सचेन्ज काठमाडौंमा जडान भएको थियो । त्यसलाई सन् १९६५ मा एकहजार लाइन क्षमताको बनाइयो । सन् १९७४ मा माइक्रोवेभ लिंकलाई विस्तार गरियो । सन् १९८३ मा डिजिटल टेलिफोन एक्सचेन्ज जडान गरियो ।सन् १९९५ मा आएर सञ्चार प्रविधिको नविनतम् उपलब्धि अप्टिकल फाइबर नेटवर्क जडान भयो । सन् १९९७ मा वीरगंज–रक्सौल अप्टिकल फाइबरको माध्यमबाट भारतीय दूरसञ्चार निगमसँग सिँधा सम्पर्क जोडियो । सञ्चार प्रविधिबारे नागरिकहरूलाई सुसूचित गर्दै हरेक वर्ष मे १७ तारिखमा यो दिवस मनाउने गरिन्छ । सन् १८६५ मे १७ मा आयोजित पहिलो अन्तर्राष्ट्रिय टेलिग्राफ सम्मेलनले अन्तर्राष्ट्रिय टेलिकम्युनिकेशन युनियन स्थापनाका लागि आधार तयार गरेको थियो । त्यही दिनको सम्झनामा सन् २००५ देखि विश्वभर दूरसञ्चार दिवस मनाउन थालिएको हो । यस दिवसलाई सूचना समाज दिवसका रूपमा समेत मनाइँदैछ । नेपालमा समाज परिवर्तन एवं आर्थिक विकासका लागि सूचना तथा सञ्चार साधनहरूको उपयोगियताबारे चर्चा गर्दै विश्व दूरसञ्चार दिवस मनाइँदैछ ।
सन् २०२४ को दूरसञ्चार दिवसको नारा नै Digital Innovation for Sustainable Development अर्थात् दिर्घकालिन बिकासका लागि डिजीटल नवप्रवर्तन भन्ने अर्थ लाग्दछ ।
विश्व उच्च रक्तचाप दिवस
उच्च रक्तचापलाई ‘हाइपरटेन्सन’ पनि भनिन्छ । सन् २००५ बाट यो दिन मनाउन शुरु गरिएको हो । बदलिँदो जीवनशैली, प्याकेटका खानेकुरा, प्रशोधित पदार्थ, ब्यस्त जीवनशैली अनि चाहनाहरूको गुणन गर्ने र नचाहिँदो सम्पत्ति र प्रगतिको प्रतिस्पर्धाले मानिसलाई ‘हाइपरटेन्सीभ’ बनाउँदैछ । हामीसबै सतर्क हुन जरुरी छ । हामी सबै ‘हाइपरटेन्सन’कै जोखिममा छौं । आजको दिन थोरै समय निकालेर एकफेर ‘ब्लडप्रेशर’ जचाउने पो हो कि रु स्मरणरहोस् हृदय रोगका कारक तत्वहरूमा रक्तचाप उच्च हुनु महत्वपूर्ण र भयानक कारण मानिन्छक । यसका कारण मृगौलाका रोगहरू, थाइरायडका समस्या अनि विभिन्न नशाजन्य रोगहरू पनि लाग्छन् ।ओखतीको सेवन र डाक्टर कहाँ वर्षभरि धाउनुको साटो समय समयमा आफै शरीरलाई जाँच गराउन ठीक हुन्छ । यसतर्फ हामी सचेत हुन जरुरी छ । ‘हाइपर–टेन्सन’ आधुनिक समाजको मौन तर डरलाग्दो स्वास्थ्य समस्या हो । ध्यान पु¥याउन जरुरी छ । पाउने र गुमाउने होडबाजीमा जीवन बाँच्न बिर्सिएका यी पुस्ताहरूमा शान्ति अनि समानताको एउटा मोडको खाँचो छ ‘ब्लडप्रेशर’लाई ठीक ठाउँमा राख्न जरुरी छ । सामान्यतया माथिल्लो ‘प्रेशर’ अर्थात् ‘सिस्टोलिक’ १२० र तल्लो ‘डायस्टोलिक’ ८० हुने गर्छ ।
सबैजनाले समयसमयमा रक्तचाप मापन गर्नुपर्ने जरुरतलाई पैरवी गर्दै यसवर्ष अर्थात सन् २०२४ को नारा नै Measure Your Blood Pressure Accurately, Control It, Live Longer भएको छ ।
दैनिक ब्यायामहरूले थकान महसु्स गराएर निन्द्रा पर्ने हुन्छ, रात्रि सिफ्ट कार्य गर्ने र रात्रिकालीन समयमा धेरै बेर बस्ने मानिसहरूमा ‘हाइपरटेन्सन’को सम्भावना धेरै हुन्छ ।रक्तचापको एउटा निर्धारित चाप छ, त्यसमा बढी र गलत दुवै हानिकारक हो ।आफ्ना लागि समय निकाल्नु र तनावरहित जीवनको खोजमा रहनुपर्छ । बैंकका ब्यालेन्सले सुख त देलान्, तर स्वास्थ्य भन्दा ठूलो सुख केही छैन । आहार, बिहार अनि विश्राममा ध्यान दिनुपर्छ नै । धुम्रपान, मद्यपानबाट टाढा रहनु अत्यन्त राम्रो हो । तथापि त्यसबाट पूरै टाढा बस्न नसकेको खण्डमा कम प्रयोग गर्नुपर्छ । दैनिक ब्यायाम गर्ने अनि खेलकुदमा आफूलाई संलग्न गराउने गरेमा हामी धेरै रोगहरूवाट मुक्त हुन सक्दछौ ।