काठमाण्डौमा दिउँसो पछि मध्यम वर्षाको सम्भावना हुने
रासंसा/काठमाण्डौ, बैशाख २५,
मुलुकमा काठमाडौं उपत्यकाका केही स्थानमा बिहानैदेखि पानी परिरहेको छ। मौसम पूर्वानुमान महाशाखाका अनुसार काठमाडौंका केही स्थानमा बिहानैदेखि छिटफुट वर्षा भइरहेको छ। महाशाखाका मौसमविद् गंगा नगरकोटीले आज दिनभर जसो बादल लाग्ने हुँदा घाम राम्रोसँग लाग्ने सम्भावना कम रहेको बताइन्। महाशाखाका अनुसार बिहानैदेखि काठमाडौं उपत्यकामा बादल लागिरहेको छ भने आज दिनभर जसो घाम लाग्ने सम्भावना न्यून छ। उनले आज दिउँसो १२/१ बजेपछि काठमाडौँमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको पनि बताइन्।
Like