प्रधानमन्त्रीको सामाजिक विकासविज्ञमा विश्वदीप नियुक्त
रासंसा/काठमाण्डौ, बैशाख ८,
मुलुकमा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको युवा तथा सामाजिक विकासविज्ञमा विश्वदीप पाण्डे नियुक्त भएका छन् । मन्त्रिपरिषद्को बिहीबारको बैठकले पाण्डेलाई सामाजिक विकासविज्ञ नियुक्त गरेको हो । पाण्डे ३ वैशाखमा मात्र माओवादीमा फर्किएका थिए । त्यसअघि उनी नेपाल समाजवादी पार्टी केन्द्रीय राजनीतिक समिति सदस्य थिए । डा. बाबुराम भट्टराईले माओवादी छाडेर नयाँ शक्ति पार्टी घोषणा गर्दा उनीसँगै गएका थिए । उनी लामो समय डा. भट्टराईका स्वकीय सचिव थिए ।
Like
