अन्य थपअर्थतन्त्रदेशप्रदेश-३ [बागमती]मुख्य समाचारराजनीतिसंचारसमाचारस्पेसलहेडलाइन

१५ नेपाली दुबईमा अलपत्र

Share to:

रासंसा/काठमाण्डौ, माघ २७,

मुलुकका युवाहरु आकर्षक रोजगारीको प्रलोभनमा परी दलालमार्फत् वैदेशिक रोजगारीका लागि करिब दुई महिनाअघि युनाइटेड अरब इमिरेट्स् (यूएई) पुगेका १५ नेपाली अहिले दुबईको मुस्तफा–२६ मा अलपत्र परेका छन् । पोखराको जब प्लेसमेन्ड सर्भिस प्रालिमार्फत दुबई पुगेका उनीहरू सम्झौताअनुसारको काम र पारिश्रमिक नपाएपछि अलपत्र परेका हुन् । नेपालबाट पठाउने म्यानपावरले पनि फेब्रुअरी १८ तारिखभित्र काम दिने भनेको तर त्यो म्यानपावरको भनाइमा पनि विश्वास गर्ने केही आधार नभएको उनले बताए । आफूहरूले एउटा भिडियो बनाएर सामाजिक सञ्जाल फेसबुकमा हालेपछि म्यानपावरले धम्क्याउने गरेको उनीहरूले बताएका छन् । ‘म्यानपावर पोखराको जब प्लेसमेन्ड भए पनि हामीहरू काठमाडौंको कस्तुरी म्यानपावरबाट आएका हौं, त्यो भिडियो किन राखेको भनेर अहिले हामीहरूलाई थर्काउने गरिरहेको छ,’ महतोले भने । ‘हामी एउटै कामका लागि म्यानपावर कम्पनीलाई प्रतिव्यक्ति १ लाख ५० हजारदेखि २ लाख ५० हजार रुपैयाँभन्दा बढी पैसा बुझाएर आयौं, तर यहाँ म्यानपावरले सम्झौता गरेअनुसारको काम र तलब पाएनौं,’ अलपत्र परेका १५ जनामध्येका एक चित्रमणि महतोले भने, ‘हामी यहाँ आएको दुई महिना भयो, कम्पनीले काम दिन्छु दिन्छु मात्र भन्छ, यति तारिख उति तारिख काम दिन्छु भनेको पनि दुई महिना भयो, हामी दुई महिनादेखि बन्द कोठामा कामको पर्खाइमा बसिरहेका छौं ।’ म्यानपावरले एक साता पर्ख दुई साता पर्ख भन्ने गरेको भन्दै झल्याउने गरेकाले तत्काल आफूहरूलाई उद्धार गरेर नेपाल फर्काउन पीडितले माग गरेका छन् । आफूहरू कम्पनीको चाइना क्याम्पमा बस्दा खानाको लागि ३५० दिराम दिएको भए तापनि अहिले अर्को क्याम्पमा सारेपछि १०० दिराम दिएको र त्यहाँ खाना पनि महँगो हुँदा त्यो पैसा पनि सकिएर भोकभोकै बस्नुपर्ने अवस्था आएको उनीहरूले बताए । आफूहरू लामो समयदेखि कामविहीन बनाएर राखेको पैसा पाउनुपर्ने, आफूहरूलाई सकुशल उद्धार गर्न‘पर्ने, पठाउने म्यानपावरलाई कारबाही गर्न र स्वदेश फर्कने वातावरण मिलाइदिन उनीहरूले यसै सञ्चार माध्यममार्फत श्रम मन्त्रालय, वैदेशिक रोजगार विभाग, अबुधाबीस्थित नेपाली दूतावासलगायत सरोकारवाला निकायलाई आग्रह गरेका छन् । अबुधाबीमा रहेको लेबरकोर्टसमेत गरेको भन्दै उनीहरूले कुनै सुनवाइ नभएको बताए । ‘न कम्पनीले काम दिएको छ न पैसा, हामी नेपालबाट चर्को ब्याजमा ऋण काढेर आएका हौं, यहाँ कम्पनीले दिएको पैसाले खानै पुग्दैन,’ अर्का पीडितले प्रश्न गरे, ‘नेपालमा परिवारलाई के पठाउने ?’ दुबई पुलिसको नाम लिएर पैसा चोर्ने गिरोह सक्रिय भएको पाइएको छ । त्यहाँ कार्यरत नेपालीसमेतलाई लक्षित गरेर गिरोहले ठगीधन्दा चलाइरहेको पाइएको नेपाल एसोसिएसन (एआरएनए)ले जनाएको छ । पछिल्लो यूएईमा ठगले दुबई पुलिसको नाम लिएर ठगी गर्ने उद्देश्यले मोबाइलमा फोनकल तथा विभिन्न सञ्जाल ईमो, बोटिम, ह्वाटसप, फेसबुक म्यासेन्जर, मोबाइल म्यासेज गर्ने र इमिरेस्ट आईडीको विवरण, बैंक डेबिट तथा क्रेडिट कार्डको नम्बर तथा कार्डको पछाडि हुने ३ अंकको सीभीसी नम्बर माग्ने र सो नम्बर लिई सकेपछि तपाईंको रजिस्टर मोबाइलमा आउने ओटीपी नम्बरसमेत मागी सो खातामा रहेको सम्पूर्ण रकम चोरी गर्ने जस्ता गिरोहको बिगबिगी रहेको हुँदा यस्ता क्रियाकलाप सजक रहन एनआरएनएले अनुरोध गरेको छ । यूएईमा कुनै पनि प्रशासनिक फोनकल गर्दा ल्यान्ड लाइनको प्रयोग गरिएको हुन्छ, यस्ता ठगी फोनकल मोबाइल नम्बरबाट आउने गर्दछन् । पुलिसले फोन गरेर कहिल्यै पनि बैंकको जानकारी तथा सीभीसी नम्बर माग गर्दैन र त्यस्तो जानकारी कसैलाई पनि नदिनू, कहिलेकाहीं पुलिसको पोसाक लगाई इमो, बोटिमका माध्यमबाट ठगी फोन आइहाले नआत्तिन र नहतासिन पनि आग्रह गर्दछौं । पुलिसले फोन गर्न कहिल्यै पनि इमो बोटिम सञ्चार माध्यमको प्रयोग गर्दैनन् ।

Like