बरहथवा घटनाको छानबिन गर्न ३ सदस्यीय समिति गठन

Share to:

रासंसा/सर्लाही, पौष २१,

मुलुकमा सर्लाहीको बरहथवा नगरपालिकामा प्रदर्शनका क्रममा प्रहरीको गोली लागेर स्थानीय युवकको मृत्यु भएको घटनाको छानबिन गर्न समिति गठन गरिएको छ। समितिमा प्रहरी नायब महानिरीक्षक सुरेन्द्र मैनाली र राष्ट्रिय अनुसन्धान विभागका अनुसन्धान निर्देशक भीमबहादुर बुढाथोकी सदस्य रहेका छन्। उक्त घटनाका सम्बन्धमा सत्यतथ्य छानबिन गरी सात दिनभित्र प्रतिवेदन पेस गर्न गृह मन्त्रालयका सहसचिव थानेश्वर गौतमको संयोजकत्वमा आज तीन सदस्यीय समिति गठन गरिएको मन्त्रालयका प्रवक्ता नारायणप्रसाद भट्टराईले जानकारी दिए। सर्लाहीमा यही पुस २० गते प्राथमिक स्वास्थ्य केन्द्र बरहथवालाई स्तरोन्नति गर्ने–नगर्ने भन्ने विषयलाई लिएर भएको प्रदर्शनका क्रममा बरहथवा नगरपालिका वडा नं ५ का ३० वर्षीय जयशङ्कर साहको मृत्यु भएको थियो।

Like