विश्व हिन्दु महासंघ नेपाल राष्ट्रिय समिती वडा समितीको शुभकामना आदानप्रदान कार्यक्रम सम्पन्न

Share to:

मीन बहादुर कुंवर/कास्की, कार्तिक ४,

विश्व हिन्दु महासंघ नेपाल राष्ट्रिय समिती वडा समितीको शुभकामना आदानप्रदान कार्यक्रम पोखरा २१ फोक्सिङकोट देउरालीमा सम्पन्न भएको छ । विश्व हिन्दु महासंघ नेपाल राष्ट्रिय समितिका कास्की उपसभापति भुपेन्द्र गिरिको प्रमुख आतिथ्यतामा भएको सो कार्यक्रममा अतिथिहरुमा विश्व हिन्दु महासंघ नेपाल राष्ट्रिय कार्य समिती कास्की सचिवबिष्णु प्रसाद तिवारी, राजेन्द्र कुमार सुबेदी, बेदनाथ अधिकारी, युवराज अधिकारि, युबनाथ अधिकारी,भागिरथ पौडेल, मिना अधिकारी, उदयराज पोख्रेल, मीन बहादुर कुंवर(ठुलो), ईश्वरी प्रसाद पोख्रेल थिए ।

विश्व हिन्दु महासंघ नेपाल राष्ट्रिय समिति कास्की पोखरा वडा २१ कि सभापति बिष्णुमाया लामीछानेको सभाध्यक्षमा भएको कार्यक्रममा सचिव ॐ कैलाश शिवढुंगा शिवशक्ती महापीठधामका सहसचिव एवं राष्ट्र संरक्षण साप्ताहिक तथा डट कमका संवाददाता मीन बहादुर कुंवरले कार्यक्रम सन्चालन गरेका थिए भने स्वागत मन्तव्य विश्व हिन्दु महासंघ पोखरा -२१ का उपसभापति खर्क बहादुर अधिकारी र जिल्ला सचिव बिष्णु तिवारीले गरेका थिए। उपस्थित अतिथी, प्रमुख अतिथी तथा सभाध्यक्षले आआफ्नो शुभकामना मन्तव्य व्यक्त गरेका थिए ।

Like