हो ल्हासा जानू कुतिको बाटो, यो मन्थन
रासंसा/काठमाण्डौ, भाद्र १३,
मुलुकमा भनिन्छ ल्हासा जानुछ कुतिको वाटो । त्यस्तै हामी नेपाली दुई ढुङगा विचका तरुल जस्तो भएर जुगौ जुगदेखि हाँसीहाँसी वाचिरहेथ्यौ । यो दिव्य उपदेश हाम्रा नेपाली एकताका प्रतिक वडामहाराज पृथ्वी नारायण शाहले दिनुभएको दिव्य उपदेश हो यो । दुई ठुला मुलुक हरुका विचमा रहेर हामीले हाम्रा राष्ट्रिय र अन्तरराष्ट्रिय नितिहरू लाई कार्यान्वयन गर्नुपर्छ । हामीले यी दुई देशको विचमा सन्तुलन कायम राख्दै दुवै छिमेकी वाट लाभ लिन सक्नु पर्छ र मात्र हामी हामो स्वतन्त्रता सार्वभौमिकता कायम राखेर अघि वढन सक्छौ । राजा हटायर ल्याएको गणतन्त्र ले केवल नवराज र नवयुवराज हरुको अभ्युथान गरो । राजा हटायपछि यो देश स्वर्ग वन्छ बनाउछौ भन्ने हरूआज नतमस्तक भएर भ्रष्टाचारको आहालमा चुर्लम्म डुवेका छन त्यहि पौडी खेलि रहेछन् । आफु मात्र नभएर आफ्ना शाखा सन्तान सवैलाई भ्रष्टाचारमा संलग्न गराएका छन् ।
भ्रष्टाचारको कुनै पनि विषय वस्तु उठान हुनासाथ चर्चामा आउना साथ यीनै एमाले काग्रेस माओवादी मधेशवादी दलका नेताहरू संलग्न रहेको भेटिन्छ फलस्वरूप शुशासन को भाषण गरेर नथाक्ने प्रचण्ड सरकार यिनको नाम आउनासाथ फत्तक गलेर थचक्क बस्छ। देश जनता इनलाई कोही चाहिएको छैन केवल कुर्सि प्यारो छ । जव जव राजनैतिक नेताहरू को नाउ मुछिन्छ कारवाहीमा झिगेमाछा हरु पक्राउ पर्छन् ठुला माछालाई सुनपानी छर्केर चोखो वनाइन्छ । डार्फर काण्ड चर्चामा आयो ठुला माछा चोख्याइयो ववुरा प्रहरीका प्रमुखहरू मुख खोल्न नसकी जेल यात्रामा जानुभयो । त्यस्तै शुशासन को नाम जपेर नथाक्ने प्रचण्डको मिलीजुली खाउँ सरकार समक्ष अस्पतालमा नन्दकुमारी वर्षो देखि आफ्ना छोराको हत्यारालाई कारवाही गरियोस भनेर अनसन वसेकी छन वर्षो भइसक्यो । अनसनकै क्रममा मृत्यु भएका उनका पतिको लास वर्षो देखि अस्पताल मा सदगती नभई मुर्दा घरमा रहेको छ । यसरी भन्नुपर्दा यो देशका भ्रष्ट्र अपराधी हरुले शुशासनको कुरागर्नु केवल मजाकको विषय हो जस्तो लाग्छ नेपाली जनता लाई ।
शुशासनकै क्रममा एकजना राजाका हत्यारा भनिएका व्यक्ती अमेरिकी संरक्षणमा रहेका छन त्यस्तै वर्दीधारी फुलिवाला एकजना भरखरै अमेरिका भागे भन्ने कुरा चर्चामा आईरहेछ । यस्ता अपराधीलाई सरकारले चाहेमा रेडकर्नर नोटिस जारी गरेर पक्राउगर्न सक्छ तर सरकार चाहदैन । सरकारमा रहेका व्यक्ती स्वय अमेरिकी हरुवाट परिचालित छन् यीनका कारण आज हामी नेपाली विश्वजगतमा वदनाम भईरहेछौ । अमेरिकाले यस्तैयस्तै राष्ट्रघाती हरुलाई शरण दिन्छ अपराधी जन्माउछ र भनेको नमाने समाप्त पारीदिन्छ । यस्का ज्वलन्त . उदाहरण हरु ईराक अफगानिस्तान हेरे पुग्छ । यस्तै शिखण्डी हरुका कारण आजवाट नेपालमा एमसीसी परियोजना लागु हुदैछ । यसवारेमा मैले मेरो पुस्तक ब्युँझे को कुम्भकर्ण मा चर्चा गरिसकेको छु । क्रमश :