कर्णालीमा प्रहरीमा गुनासो टिपाउनेहरू बढ्दै,
रासंसा/सुर्खेत, श्रावण २५,
मुलुकमा कर्णालीमा प्रहरीले थालेको ‘घरघरमा स्टिकर टाँस’ अभियान प्रभावकारी बनेको छ । ३१ असारमा फोन नम्बरसहितको ‘स्टिकर टाँस अभियान’ सुरु गरिएको थियो । प्रदेशभर ३ लाख ७१ हजार भन्दा बढी घरधुरी छन् । स्टिकर टाँस्न ३ हजार भन्दा बढी प्रहरी जनशक्ति परिचालन गरिएको छ भने ३ महिनाभित्र टाँस्ने कार्य सम्पन्न हुनेछ । प्रदेश प्रहरी कार्यालयका प्रमुख प्रहरी नायव महानिरीक्षक भिमप्रसाद ढकालले स्टिकर टाँसिएसँगै कार्यक्रमले रिजल्ट राम्रो दिएको बताए । वीरेन्द्रनगरको कोलडाँडामा एक कार्यक्रमको आयोजना गरी सुरु गरिएको अभियान अहिलेसम्म १० जिल्लाका १ लाख ५ हजार २७ घरधुरीमा पुगिसकेको छ । गाउँ–ठाउँमा घटेका घटनाहरू तत्काल सङ्कलन गर्न सकिने, सम्बन्धित निकायको सहज पहुँच र सुरक्षाको सहज अनुभूति हुने र नागरिकमैत्री सेवा प्रभावमा सहजता होस् भन्ने उद्देश्यका साथ उक्त अभियान चलाइएको ढकाल बताउँछन् । सबैभन्दा बढी जाजरकोटमा गुनासो टिपाउनेको संख्या वृद्धि भएको प्रहरीले जनाएको छ । यहाँ अभियान सञ्चालन पहिला करिब ४ सयसम्म गुनासो कल आउँथ्यो भने अहिले ६ सयदेखि ६५० वटा सम्म आउने गरेको छ । ‘नागरिकले सहज रूपमा शान्ति सुरक्षाको प्रत्याभूति गर्न सकुन् भन्ने उद्देश्यकासाथ अभियान चलाइएको हो,’ ढकालले अगाडि भने,‘त्यसो गरेमा जुनसुकै ठाउँमा बसिरहेका नागरिकले पनि कुनै शङ्कास्पद चिज, बाढी, पहिरो गएको खण्डमा वा आफूले असुरक्षाको महसुस गरेमा टाँसिएको नम्बरमा फोन गरेर जानकारी दिन्छन् ।’ साथै, अभियानले आपराधिक क्रियाकलापमा समेत कमी आउने अपेक्षा प्रहरीका थियो । ढकाल त्यसको रिजल्ट करिब २० दिनकै अवधिमा राम्रो आएको बताए । कर्णालीमा प्रहरीका विभिन्न ३२८ वटा इकाई छन् । स्टिकर टाँस्दा नजिकका प्रहरी कार्यालय तथा इकाईको फोन नम्बरसहित टाँस गरिएको छ । जिल्लागत विभिन्न प्रहरी इकाईहरुको रिपोर्टअनुसार पहिला आउने कल संख्या भन्दा अहिले निकै वृद्धि भएको छ । ‘नागरिकले सहज रूपमा शान्ति सुरक्षाको प्रत्याभूति गर्न सकुन् भन्ने उद्देश्यकासाथ अभियान चलाइएको हो,’ ढकालले अगाडि भने,‘त्यसो गरेमा जुनसुकै ठाउँमा बसिरहेका नागरिकले पनि कुनै शङ्कास्पद चिज, बाढी, पहिरो गएको खण्डमा वा आफूले असुरक्षाको महसुस गरेमा टाँसिएको नम्बरमा फोन गरेर जानकारी दिन्छन् ।’ साथै, अभियानले आपराधिक क्रियाकलापमा समेत कमी आउने अपेक्षा प्रहरीका थियो । ढकाल त्यसको रिजल्ट करिब २० दिनकै अवधिमा राम्रो आएको बताए । सबैभन्दा बढी जाजरकोटमा गुनासो टिपाउनेको संख्या वृद्धि भएको प्रहरीले जनाएको छ । यहाँ अभियान सञ्चालन पहिला करिब ४ सयसम्म गुनासो कल आउँथ्यो भने अहिले ६ सयदेखि ६५० वटा सम्म आउने गरेको छ । यस्तै रुकुम पश्चिममा ४५, सल्यानमा २५, हुम्लामा ५, डोल्पामा ४५, कालिकोटमा २५, जुम्लामा २० र मुगुमा १० प्रतिशतले गुनासो राख्नेहरुको संख्यामा वृद्धि आएको प्रहरीको तथ्यांक छ । यो तथ्यांक प्रदेशभरका विभिन्न प्रहरी इकाईमा आउने कल संख्याको आधारमा लिइएको हो । सुर्खेत जिल्लामा अभियान सञ्चालन पहिले दैनिक ३०० देखि ३५० सम्म फोन कल आउँथ्यो भने अहिले ४०० सम्म आउने गरेको छ । दैलेखमा पहिला २५० सम्म कल आउने गथ्र्यो भने अहिले साढे ३ सयसम्म आउने गरेको छ । ‘छिटो छरितो प्रहरी सेवा प्रवाह, वास्तविक सूचना आदान–प्रदान, आपराधिक गतिविधिहरुको निरुत्साहन र नागरिकलाई अझ नजिकबाट सेवा दिन सकियोस् भन्ने हाम्रो उद्देश्य हो,’ प्रदेश प्रहरी कार्यालयका प्रवक्ता, प्रहरी वरिष्ठ उपरीक्षक गोपालचन्द्र भट्टराईले भने, ‘हामीले प्रत्येक घरको मुलढोकामा स्टिकर टाँस गरिरहँदा घर परिवारसँग सुरक्षा अन्तरक्रिया पनि गर्ने गरेका छौँ ।’ साथै, आवाश्यक पारिवारिक विवरणसमेत संकलन गर्ने गरिएको उनले बताए । शान्ति सुरक्षाको प्रत्याभूति दिन प्रहरीले कर्णालीमा विभिन्न खालका अभियान सञ्चालन गरिरहेको छ । यसअगावै ‘यात्रुमैत्री अभियान’ चलाइसकेको प्रहरीले ‘सुरक्षित कर्णाली विशेष अभियान, ०८०’ सुरु गरेको छ । १ वैशाखदेखि कार्य योजना निर्माण गरेर उक्त अभियान सुरु गरिएको प्रवक्ता भट्टराईले जानकारी दिए । यो कार्यक्रम प्रदेशको आन्तरिक मामिला मन्त्रालय संगको सहकार्यमा सञ्चालन गरिएको हो । यो अभियानको कार्ययोजनामा मुख्य १४ वटा कार्यक्षेत्र र सो अन्तर्गत विभिन्न ७४ वटा क्रियाकलाप रहेका छन् । प्रहरीले ‘लागुऔषध विरुद्ध विशेष अभियान’ कार्यक्रम पनि लागु गरेको छ । लागूऔषध नियन्त्रणअन्तर्गत २०७ जना प्रतिवादी पक्राउ गरिएको, आत्याधिक मात्रामा लागूऔषध बरामद गरिएको र विभिन्न जिल्लामा १९५५.३७ रोपनीमा लगाईएको गाँजा÷अफिम नष्ट गरिएको तथ्यांक प्रहरीसँग छ । यस योजनाको प्राथमिकतामा राखेका विषयमा प्रहरी आफै समस्याको कारण नहुने, प्रहरीमा आन्तरिक शुद्धिकरण गर्ने, प्रहरी सेवालाई नागरिकमैत्री बनाउने, अपराध पीडितलाई विशेष संरक्षण गर्ने, भरसक अपराध हुनै नदिनेतर्फ सक्रियता देखाउने, अपराध रोकथाम र अनुसन्धानमा प्रविधिको प्रयोगमा जोड दिनेलगायत रहेको भट्टराईले बताए । पहिलो चरणमा प्रत्येक प्रहरी कार्यालयमा सहज प्रहरी सेवा प्रवाहको लागि “नागरिक सहजकर्ता” खटाउने काम भएको थियो । ३१ वैशाखबाट प्रदेश भरिका ३८२ वटै प्रहरी इकाईहरुमा यो लागु गरिएको छ । “नागरिक सहजकर्ता” कार्यक्रमको कारणले सेवा प्राप्तिमा सहजता, समयको बचत र प्रहरीको सहयोगबारे सकारात्मक प्रतिक्रिया सेवाग्राहीबाट प्राप्त भएकाले आफूहरू खुसी प्रहरीले जनाएको छ । दुई महिना भित्रमा नागरिक सहजकर्ता परिचालनमार्फत् प्रदेशभरका २२ हजार ७ सय ३५ जना सेवाग्राहीहरूलाई सेवा प्रदान गरिएको प्रवक्ता भट्टराईले बताए । कर्णालीमा प्रहरीले थालेको अर्काे महत्वपूर्ण अभियान हो, “अन्तरक्रियात्मक गस्ती” । यो कार्यक्रमअन्तर्गत प्रहरी सेवाबाट टाढा रहेका तथा भौगोलिक रूपमा दूरदराजका बस्तिहरूमा निश्चित रूट निर्धारण गरी प्रहरी टोली परिचालन गर्ने गरिएको छ । साथै, प्रहरीले ‘लागुऔषध विरुद्ध विशेष अभियान’ कार्यक्रम पनि लागु गरेको छ । लागूऔषध नियन्त्रणअन्तर्गत २०७ जना प्रतिवादी पक्राउ गरिएको, आत्याधिक मात्रामा लागूऔषध बरामद गरिएको र विभिन्न जिल्लामा १९५५.३७ रोपनीमा लगाईएको गाँजा÷अफिम नष्ट गरिएको तथ्यांक प्रहरीसँग छ । ‘उक्त टोलीले समुदायमा रहेका आम नागरिकका समस्या, शान्ति सुरक्षा तथा आपराधिक गतिविधिबारे छलफल तथा सोधपुछ गर्ने गर्दछ,’ प्रवक्ता भट्टराई भन्छन्,‘प्रहरीले गस्तीको क्रममा शंकास्पद चिज, वस्तु र कार्य भईरहेको देखेमा वा थाहा पाएमा चेकजाँच वा आवश्यक कारवाही गरी समाजमा शान्ति स्थापना गर्न भूमिका निर्वाह गर्छ ।’