अन्य थपदेशप्रदेश-३ [बागमती]मुख्य समाचारराजनीतिसंचारसमाचारस्पेसलहेडलाइन

तत्कालिन श्री ५ ज्ञानेन्द्र विर विक्रम शाहदेव को जन्मदिन मनाउन राजावादी निर्मलनिवासमा

Share to:

रासंसा/काठमाण्डौ, आषाढ २४,

मुलुकमा तत्कालिन श्री ५ ज्ञानेन्द्र विर विक्रम शाहदेव सरकारको आज ७७औं जन्मदिन रहेको छ । जन्मदिनको अवसरमा राजावादीले शुभकामना दिँदै राजतन्त्रको पुनर्स्थापनाको पक्षमा वकालत गरिरहेका छन् । तत्कालिन श्री ५ ज्ञानेन्द्र विर विक्रम शाहदेव सरकारका संवाद सचिव फणिराज पाठकले तत्कालिन श्री ५ ज्ञानेन्द्र विर विक्रम शाहदेव सरकार निर्मल निवासमा नरहेको बताए । जन्मदिन मनाउनका लागि पूर्वराजा राजधानीकै एक रिसोर्टमा परिवारसहित रहेका छन् । तत्कालिन श्री ५ ज्ञानेन्द्र विर विक्रम शाहदेव सरकारको जन्मदिन भव्यताका साथ मनाउन राजावादीले एक समितिनै गठन गरेका छन् । सोही समिति शनिबार पूर्वराजालाई शुभकामना व्यक्त गर्न निर्मल निवास पुगेका थिए । तत्कालिन श्री ५ ज्ञानेन्द्र विर विक्रम शाहदेव सरकारलाई शुभकामना र अभिनन्दन गर्नका लागि पुगे पनि तत्कालिन श्री ५ ज्ञानेन्द्र विर विक्रम शाहदेव सरकार नभेटिएपछि उनीहरू पूर्वराजाका प्रतिनिधिलाई अभिनन्दन पत्र र पुष्पगुच्छा बुझाएर गेट बाहिरबाटै फर्किएका थिए । बेलुका तत्कालिन श्री ५ ज्ञानेन्द्र विर विक्रम शाहदेव सरकारको सुस्वास्थ्य र दीर्घायूको कामना गर्दै ७७ वटा दीप प्रज्वलन गर्ने कार्यक्रम रहेको उनको भनाइ थियो । ७ बजेर ७ मिनेट जाँदा निर्मल निवासमै दीप प्रज्वलनको तयारी रहेको उनले जानकारी दिएका दिए ।

Like