‘एचथ्रीएनटू’ भाइरसका कारण अहिले देखिएको रुघा र ज्वरो
एजेन्सी,
विश्वमा इन्डियन काउन्सिल अफ मेडिकल रिसर्च (आईसीएमआर) का विज्ञहरूले देशमा विगत दुई–तीन महिनादेखि फैलिरहेको चिसो, खोकी र ज्वरोको कारण एक प्रकारको इन्फ्लुएन्जा भाइरस भएको बताएका छन् । यसैबीच, इन्डियन मेडिकल एसोसिएसन (आईएमए) का अनुसार अहिले फैलिरहेको मौसमी ज्वरो पाँचदेखि सात दिनसम्म रहन्छ। आईएमएले रुघाखोकी र फ्लूका बिरामीले परामर्श बिना एन्टिबायोटिकको प्रयोग नगर्न आग्रह गरेको छ । आईसीएमआरको भाइरस अनुसन्धानसँग सम्बन्धित एक संस्थानका वैज्ञानिकहरूले भनेका छन् कि विगत दुई–तीन महिनादेखि देशमा इन्फ्लुएन्जा भाइरसको ए सबटाइप एनथ्रीएनटूका धेरै केसहरू रिपोर्ट गरिएको छ, जसका कारण अस्पतालहरूमा बिरामीहरूको संख्या बढेको छ। आईएमए भनेको छ, ‘मानिसहरूले एजिथ्रोमाइसिन र एमोक्सिक्लाभ जस्ता एन्टिबायोटिक्स लिने र निको भएपछि औषधि खान छोड्ने गरेको पाइएको छ। यसलाई तुरुन्तै रोकिनुपर्छ किनभने यसले शरीरमा एन्टिबायोटिक प्रतिरोधी क्षमता बढाउँछ।’