जलेको अवस्थामा शव पशुपतिको जङ्गलमा फेला

Share to:

रासंसा/काठमाण्डौ, पौष ३०,

मुलुकमा काठमाडौँको पशुपतिनाथको जङ्गलमा जलेको अवस्थामा शव भेटिएको छ । किरातेश्वर मन्दिर भन्दा तल शरीर पुरै जलेको अवस्थामा पुरुषको शव भेटिएको उपत्यका अपराध अनुसन्धान कार्यालयका एसपी कृष्ण कोइरालाले बताए । पेट्रोल छर्केर आगाले लगाएको आशङ्का गरिएको छ । मृतकको पहिचान खुल्न बाँकी रहेको एसपी कोइरालाले जानकारी दिए । अपराध अनुसन्धान कार्यालय र प्रहरी वृत्त गौशालाको टोली घटनास्थलमा पुगेका छन् । शव नजिकै बोतलमा पेट्रोल पनि भेटिएको छ ।

Like