Wednesday, October 21, 2026
Latest:
अन्य थपविश्वसंचारसमाचारस्पेसलहेडलाइन

‘सबैभन्दा बढी क्षति’ पुर्‌याउने अमेरिकालाई क्युबाली जासुस रिहा

Share to:

रासंसा/काठमाण्डौ, पौष २४,

अमेरिकाले क्युबाली जासुस एना मोटेन्सलाई २० वर्षभन्दा बढी समय जेलमा बिताएपछि रिहा गरेको छ । एनालाई अमेरिकाको पकडमा आउने शीत युद्धकी सबैभन्दा उत्कृष्ट जासूस मानिन्छ । सन् २००१ मा उनको गिरफ्तारी पछि, अधिकारीहरूले एनाले अमेरिकाको सम्पूर्ण खुफिया कार्यहरू लगभग पूर्ण रूपमा खुलासा गरिसकेकी थिइन् भन्ने जानकारी दिएको थियो । ६५ वर्षीया एना मोन्टेसले करिब दुई दशकसम्म क्युवाका लागि जासुसी गरेकी छिन् । उनले अमेरिकाको डिफेन्स इन्टेलिजेन्स एजेन्सीमा विश्लेषकको रूपमा काम गरिन् । एक अधिकारीले भने, ‘उनी सबैभन्दा बढी क्षती पुर्‌याउने जासुसमध्ये एक थिइन् ।’ अमेरिकी राष्ट्रपति जर्ज डब्लु बुशको कार्यकालमा काउन्टर इन्टेलिजेन्सका प्रमुख मिशेल भान क्लीभले सन् २०१२ मा संसदमा एनाबारे कुरा उठाएकी थिइन् । उनलाई २५ वर्षको जेल सजाय सुनाइयो थियो र न्यायाधीशले उनीमाथि पूरै देशलाई खतरामा पारेको आरोप लगाएका थिए । एनाको गिरफ्तारी पछि, उनीमाथि चार अमेरिकी जासुसको पहिचान खुलाएको र गोप्य जानकारी दिएको आरोप लगाइएको थियो ।

Like