विश्व प्रतिजैविक प्रतिरोध सचेतना सप्ताहमा साइकल र्याली
रासंसा/काठमाण्डौ, मार्ग २४,
मुलुकमा पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठान र अक्सफोर्ड यूनिभर्सिटि क्लिनीकल रिसर्च युनिट नेपालको आयोजनामा विश्व प्रतिजैविक प्रतिरोध सचेतना सप्ताहका अवसरमा साइकल र्याली निकालिएको छ। शनिबार बिहान पाटन अस्पतालदेखि र्याली निकालिएको हो।
सो अवसरमा ललितपुर महानगरपालिकाका उपमेयर मञ्जलीशाक्य बज्राचार्य, पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठानका निर्देशक डारवी शाक्य, प्रतिष्ठानका रेक्टर डा पवनकुमार शर्मा, माइक्रोवायोलोजीष्ट डासवीना डंगोलले धारणा राखेका थिए। ललितपुर महानगर, अलाइन्स अगनेस्ट एएमआर र युवालयको सहकार्यमा भएको र्याली लविमल, कुपण्डोल, सानेपा, जावलाखेल, झम्सीखेल हुँदै पाटन अस्पताल पुगेको थियो। सो अवसरमा उनीहरूले एन्टीमाइक्रोबियल रेजिस्टेन्सको समस्या विश्वव्यापी रूपमा बढ्दै गएको बताए। साइकल र्यालीले एन्टीमाइक्रोबियल रेजिस्टेन्सको समस्या समाधानमा सचेतना प्रवाह गर्ने बताएका थिए। विश्वमा प्रतिजैविक प्रतिरोध (एन्टी माइक्रोबियल रेजिस्टेन्स) का बारेमा सचेतना वृद्धि गर्दै रेजिस्टेन्स नियन्त्रणका लागि असल अभ्यास अपनाउन प्रोत्साहन गर्ने ध्येयका साथ हरेक वर्ष नोभेम्बर १८ देखि २४ तारिखसम्म यो सप्ताह मनाइन्छ। अक्सफोर्ड यूनिभर्सिटी क्लिनिकल रिसर्च युनिट नेपालले एन्टीमाइक्रोबियल रेजिस्टेन्स सम्बन्धी जनचेतना फैलाउने कार्य गर्दै आएको छ। यो सप्ताहमा सो संस्थाले विभिन्न कार्यक्रमको आयोजना गरेको थियो।
मानिस, पशुपंक्षी तथा वनस्पतिका संक्रामक तथा सरुवा रोगहरूका जीवाणु विरुद्ध प्रयोग हुने औषधिहरूको समुचित तरिकाले प्रयोग नगरिँदा प्रतिरोध विकास भई हाल उपलब्ध एन्टिबायोटिक्स लगायतका एन्टिमाइक्रोबियल औषधिहरूको प्रभावकारिता कमी हुँदै गएको विज्ञहरू बताउँछन्। यसको नियन्त्रणका लागि ठोस कदमहरू नचाल्ने हो भने यो संख्या बढेर सन् २०५० सम्ममा वार्षिक एक करोड पुग्ने विश्व स्वास्थ्य संगठनले अनुमान गरेको जानकारहरू बताउँछन्। पछिल्लो समय बढ्दो एन्टिबायोटिकको बढ्दो जथाभावी बढ्दो प्रयोगले विश्वमा बर्सेनि करिब सात लाख मानिसको मृत्यु भइरहेको छ।