अन्य थपदेशप्रदेश-३ [बागमती]मुख्य समाचारराजनीतिसंचारसमाचारस्पेसलहेडलाइन

भारत र नेपालको गरि ३ वटा नागरिकता लिएका नेपालि काङेसका नेता तथा पुर्व गृहराज्यमन्त्री देवेन्द्र राज कंडेल

Share to:

रासंसा/काठमाण्डौ, आश्विन २१,

मुलुकका पुर्व गृहराज्यमन्त्री तथा संघिय प्रतिनिधिसभामा नवलपरासि बर्दघाटबाट निर्वाचित निवर्तमान बिबादित सांसद देबेन्द्रराज कंडेल आगामि संघीय निर्वाचनमा चुनाब लड्ने बिषयले थप नागरिकताको बिवादमा परेका छन । गृह मन्त्रालयले सचिवस्तरिय निर्णय अनुसार कंडेलको आधिकारिक नागरिकता छानबीन ८ फागुन २०७६ मा समिति गठन गरेको थियो । उक्त छानबिन समितिले उनिसंग २ वटा नेपालि नगरिकता र भारतीय नागरिकको हैसियतमा प्राप्त गर्ने प्यान कार्ड फेला पारेको छ । कंडेलले २०३१ भदौ ६ र २०३५ कात्तिक १९ को फरक फरक मितिमा दुई वटा नेपाली नागरिकता लिएको समेत प्रतिबेदनले पुष्टि गरेको छ। गृह मन्त्रालयले गठन गरेको छानबीन समितिको प्रतिबेदनले कण्डेलले दोहोरो नागरिकता लिएकोमा कारबाहीको सिफारिस समेत गरेको छ। त्यस्तै उनले भारतको नागरिकता लिएको बिषयमा थप अनुसन्धानको सिफारिस गरेको छ । प्रारम्भिक अनुसन्धानमा कंडेलसग भारतको नागरिकता राशन कार्ड र मतदाता नामावली रहेको पत्ता लागेको छ। छानबीन समितिले परराष्ट्र मन्त्रालय मार्फत भारत सरकारसग कंडेलको भारतीय नागरिकता राशन कार्ड र मतदाता नामावली सहि हुन कि होइनन भन्ने बिबरण माग्नुपर्ने सिफारिस गरेको छ। यस अघि यस प्रतिनिधिले कंडेल सग भारतीय नागरिकता रहेको समाचार सार्वजनिक गरेपछि गृह मन्त्रालयले उनि माथि छानबीन थालेको थियो। कण्डेलको भारतीय नागरिकको ठेगाना उत्तर प्रदेशको महराजगन्ज जिल्लास्थित ३३ कसाया रोड बेतिया हाता जनपथ – गोरखपुर रहेको छ। यस्तै उनले स्थायि वतन साविक रमपुरवा गाउ पन्चायत वडा न ६ नवलपरासिबाट दुई वटा नेपालि नागरिकता लिएका छन । नेपालमै दुई वटा नागरिकता बिवादित छबिका कण्डेलले ६ भदौ २०३१ मा १७ बर्षको उमेरमा वशजका आधारमा पहिलो पटक नेपालि नागरिकता लिएका थिए । त्यतिबेला लिएको उनको नागरिकता नम्बर ३५५० हो। त्यो नागरिकता बाबुको नाम पृथिवीराज कंडेल छ। पहिलो नागरिकता तत्कालीन प्रमुख जिल्ला अधिकारी रामनारायण सिहले हस्ताक्षर गरेर कंडेललाई वशजका आधारमा नेपालि नागरिकता दिएका थिए ।

उनले १९ कात्तिक २०३५ मा दोर्सो नागरिकता लिएका छन्। कण्डेलले लिएको दोर्सो नागरिकता प्रमाणपत्र नम्बर १६१०८ हो। उनले दोर्सो नागरिकतामा पनि ठेगाना र बाबुको नाम भने एउटै राखेका छन्। दोर्सो पटक कंडेललाई तत्कालीन प्रमुख जिल्ला अधिकारी जितेन्द्रबहादुर बस्नेतले नागरिकता उपलब्ध गराएको छानबीन समितिको प्रमाण मा देखिन्छ। नागरिकता ऐन २०६३ को दफा १३ बमोजिम कंडेललाई कारबाही गर्न छानबीन समितिले सरकार समक्ष सिफारिस गरेको छ। कण्डेल अहिले पनि भारतको उत्तर प्रदेशस्थित ठुटिबारिमा रहेको आर्य बिधा प्रसार समितिको अध्यक्ष तथा राधा कुमारि इन्टर कलेजका प्रबन्धक छन्। भारतका पनि नागरिक ? छानबीन समितिले गृह मन्त्रालयलाई कंडेलसग भारतिय नागरिकका हैसियतमा प्राप्त गरेको प्यानकार्ड , राशनकार्ड, मतदाता नामावलिमा लगायत उनिसग भएका विवरणहरु बुझाएको छ। उक्त प्रमाणको आधिकारिकता जाच गर्न सहयोग गर्न भन्दै छानविन समितिले गृह मन्त्रालय हुदै परराष्ट्र मन्त्रालयलाई पत्र समेत पठायको छ। कंडेलले भारतिय आयकर ऐन १९६१ अनुसार ४९ ए क्याटगोरिबाट कार्ड प्राप्त गर्नु भारतिय नागरिकको बिशेषाधिकार हो। कंडेलले भारतिय आयकर ऐन १९६१ अनुसार ४९ ए क्याटगोरिबाट प्यान कार्ड लिएको स्विकार समेत गरेका छन्।

Like