६० बुँदे राजनीतिक दल तथा उम्मेदवारहरूलाई निर्देशन
रासंसा/काठमाण्डौ, आश्विन ११,
मुलुकमा निर्वाचन आयोगले राजनीतिक दल तथा उम्मेदवारहरूलाई ६० बुँदे निर्देशन जारी गरेको छ। आउँदो मंसिर ४ गते हुने प्रदेश तथा प्रतिनिधि सभाको निर्वाचन स्वच्छ, स्वतन्त्र, निष्पक्ष, पारदर्शी र भयमुक्त बनाउनका लागि निर्वाचन (कसुर तथा सजाय) ऐन २०७३ र निर्वाचन आचारसंहिता, २०७९ मा भएका कानूनी व्यवस्था कार्यान्वयन र परिपालना गर्न निर्वाचन प्रयोजनका लागि दर्ता भएका राजनीतिक दलहरूलाई राजनीतिक दल सम्बन्धी ऐन, २०७३ को दफा ५७ बमोजिम मंगलबार बसेको बैठकले निर्देशन दिने निर्णय गरेको हो। निर्वाचनसम्बन्धी कानुन तथा आचारसंहिताको प्रभावकारी कार्यान्वयन गर्नका लागि आयोगले राजनीतिक दल तथा उम्मेदवारहरूलाई आज मंगलबार ६० बुँदे निर्देशन जारी गरेको हो।
Like