प्रधानमन्त्रीको जनताका मुद्दा प्राथमिकतामा राख्न निर्देशन
रासंसा/काठमाण्डौ, श्रावण १८,
मुलुकका प्रधानमन्त्री शेरबहादुर देउवाले सरकारको बजेट र कार्यक्रमको कार्यान्वयन प्रभावकारी नभएको गुनासो गरेका छन्। सिंहदरबारमा मंगलबार सबै मन्त्री र मन्त्रालयका सचिवहरूलाई बोलाएर बजेट कार्यान्वयन प्रभावकारी बनाउन निर्देशन दिए। त्यस्तै, मुलुक चूनावको चरणमा प्रवेश गरकोले त्यहीअनुसारको तयारीका साथ अघि बढ्नसमेत निर्देशन दिएको प्रवक्ता कार्कीले बताए। मन्त्री कार्कीका अनुसार बैठकमा अर्थमन्त्री जनार्दन शर्माले मुलुकको आर्थिक अवस्थाका बारेमा जानकारी गराएका थिए। बैठकमा सहभागी अन्य मन्त्रीहरूले पनि संक्षिप्त रूपमा वर्तमान काम र भावी योजनाबारे जानकारी गराएको प्रवक्ता कार्कीले बताए। संयुक्त बैठकलाई सम्बोधन गर्दै प्रधानमन्त्री देउवाले वार्षिक बजेट तथा कार्यक्रम कार्यान्वयनको अवस्था र कार्ययोजनाको जानकारी लिँदै प्रभावकारी कार्यसम्पादन गर्न निर्देशन दिएका हुन्। प्रधानमन्त्री देउवाले सरकारका कामलाई प्रभावकारी बनाउँदै जनताको अपेक्षाअनुसार कार्यसम्पादन गर्न निर्देशन दिएका हुन्। मुलुकको हितलाई सर्वोपरि हितमा राखी जनताको आकांक्षालाई पूरा गर्नका लागि काम गर्न निर्देशन दिएको सरकारका प्रवक्ता ज्ञानेन्द्रबहादुर कार्कीले बताए। बैठकमा मन्त्री तथा योजना आयोगका उपाध्यक्ष तथा सदस्य र सचिवहरू सहभागी थिए। अर्थमन्त्रालयबाट राजस्व सचिव कृष्णहरी पुष्कर कर्ण उपस्थित थिए। प्रधानमन्त्री देउवाले यसअघि २१ पुसमा पनि संयुक्त बैठक राखेर जनताको अपेक्षाअनुसार काम गर्न भन्दै निर्देशन दिएका थिए। उनले मुलुकको विकास निर्माणको कामलाई तीव्रता दिने गरी बजेट परिचालन गर्न पनि अर्थ मन्त्रालयलाई सचेत गराए। सरकारका काम कारबाहीबारे पनि बैठकमा समीक्षा भएको भन्दै मन्त्री कार्कीले प्रधानमन्त्री देउवाले सरकारको वार्षिक बजेट तथा कार्यक्रम कार्यान्वयनको अवस्था र कार्ययोजनाको जानकारी लिएका थिए। बैठकमा सहभागी एक सचिवले भने थप प्रभावकारी ढंगले जनताको अपेक्षाअनुसार कार्यसम्पादन गर्न प्रधानमन्त्रीले निर्देशन दिएको बताउँदै भने, ‘जनताको अपेक्षाअनुसार काम हुन सकेन। कहाँ के भइरहेको छ ? सबै मन्त्रालयका सचिव र मन्त्रीहरू पहिला जनताका अति आवश्यक विषयमा काम गर्न तदारूकता देखाउनुहोस्।’ मरासिनी अर्थमन्त्रीमा शर्माको पुनःआगमन भएसँगै उनी काठमाडौं बाहिर पुगेका छन्। मन्त्री शर्माले बजेट निर्माणका क्रममा अनधिकृत व्यक्तिलाई मन्त्रालयमा प्रवेश गराएको तथा उक्त समयको सीसीटीभी फुटेज हटाएको कुरा बाहिर आएपछि सचिव मरासिनी बिदामा बसेका थिए। प्रधानमन्त्री देउवाले जनताको जीवन रक्षाका निमित्त चनाखो भएर लाग्न मन्त्री तथा सचिवहरूलाई निर्देशन दिँदै मुलुकको विकास र सरकारले जनतालाई दिनुपर्ने सेवा, सुविधालाई तीव्रताका साथ अगाडि बढाउने भनेका थिए। त्यतिबेला बैठकमा अर्थतन्त्रको अवस्थाबारे अर्थमन्त्री जर्नादन शर्मा र अर्थ सचिवले प्रधानमन्त्रीको ध्यानाकर्षण गरेका थिए। मंगलबारको बैठकमा भने अहिलेका अर्थ सचिव मधुमरासिनी उपस्थित थिएनन्। बैठकमा सरकारको १ वर्षे काम कारबाहीबारे समीक्षासमेत भएको थियो। गत वर्ष असार २९ मा सरकारको नेतृत्व सम्हालेका देउवाले यो बीचमा भएका काम कारबाहीको बिफ्रिङ पनि मन्त्री र सचिवहरूबाट लिएका थिए।