अचम्म लाग्ने मानव शरिरबारे केही रोचक प्रसंग
रोचक प्रसंग
विश्व मानव शरिरका अंगहरुकोे बारेमा तपाईं÷हामीलाई अचम्म लाग्ने त्यस्ता विषयहरु छन्, जुन हामीले सुने÷देखेको कमैप्रायः हुन्छ । आफ्नो जीवनकालभरिमा कतिपयले यस्ता विषयहरुको बारेमा जानकारी नै नलिई मृत्युवरण गर्छ । हामीले तपाईंहरुलाई सुन्दा नै अचम्म लाग्ने मानव शरिका बारेमा केही रोचक तथ्यहरु यहाँ प्रस्तुत गरेका छौंः
१) हाम्रो शरीरमा भएको बोसो करिब सातवटा साबुन बनाउन प्रयाप्त हुन्छ ।
२) तपाईँ लजाउदा तपाइँको पेटको भित्री भाग पनि लजाउँछ । आमाको गर्भमा आएको तीन महिनापछि नै बच्चाको औँठा छापको विकास भइसकेको हुन्छ ।
३) त्यस्तै अन्तरिक्षमा केही समय बिताएपछि मानिसको करिब २ इन्च उचाइ बढ्छ । र धेरै भोक सहँदा मानव दिमागले आफैँलाई खान थाल्छ ।
४) मानव शरीरमा सास फेर्ने र निल्ने प्रक्रिया एकैचोटी गर्न असम्भव छ ।
५) दिमागको चाउरी परेको भागलाई तन्काउने हो भने लगभग सिरानीको एउटा पाटो जत्रै हन्छ ।
६) मानवको पेटमा उत्पादन हुने एसिडले धातु पनि पगाल्न सक्छ ।
७) औसतमा एउटा व्यक्तिले आफ्नो जीवनकालमा दुईवटा स्वीमिङ्ग पुल भरिने थुक उत्पादन गर्छ ।
८) अर्को अनौठो कुरा पचास प्रतिशत हातको बल कान्छी औँलाबाट आउँछ ।