तोलामा ६ सयले घट्यो सुनको मूल्य
रासंसा/काठमाण्डौ, बैशाख २३,
आज नेपाली सुनचाँदी बजारमा सुनको मूल्य तोलामा ६ सय रुपैयाँले घटेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज शुक्रबार छापावाल सुनको मूल्य तोलाको ९८ हजार कायम भएको छ। बिहीबार सुन तोलाको ९८ हजार छ सय रुपैयाँमा कारोबार भएको थियो। शुक्रबार तेजावी सुनको मूल्य तोलाको ९७ हजार पाँच सय रूपैयाँ निर्धारण भएको छ। चाँदीको मूल्य पनि तोलामा २५ रुपैयाँले घटेको छ। बिहीबार एक हजार तीन सय पाँच रुपैयाँमा कारोबार भएको चाँदी शुक्रबार एक हजार दुई सय ८० रुपैयाँमा निर्धारण भएको छ
Like