इे-पेपरतनहुँ जिल्लाको विशेष समाचारदेशप्रदेशप्रदेश-१प्रदेश-२प्रदेश-३ [बागमती]प्रदेश-४ [गण्डकी]प्रदेश-५ [लुम्बिनी]प्रदेश-६ [कर्णाली]प्रदेश-७ [सुदुर पश्चिम]मुख्य समाचारसमाचारहेडलाइन

हङकङ समाज तनहु द्वारा क्रियाशील दुई पत्रकार सम्मानित सम्मानित हुनेहरूमा पूर्णविक र सम्झना रसाइली

Share to:


अन्जन राज न्यौपाने
गण्डकी प्रदेश
तनहुँ

दमौली : तनहुँ समाज हङकङद्वारा स्थापित युवा पत्रकारिता पुरस्कारबाट पत्रकार पुनर्विका र सम्झना रसाइली पुरस्कृत भएका छन् ।
समाजका अध्यक्ष कर्णबहादुर नेपाली, पूर्व अध्यक्षहरू भिमराज गुरुङ र जङ्गबहादुर थापा नगद सहित उनलाई सम्मान गरेका हुन्।
कार्यक्रममा नेपाल पत्रकार महासंघका पूर्व केन्द्रीय सदस्य प्रदीप काफ्ले, नेपाल पत्रकार महासंघ तनहुँ शाखाका अध्यक्ष डिपि अधिकारी तथा महासंघका पूर्व अध्यक्षहरू विश्ववन्धु भण्डारी, डम्बर अधिकारी, ओमकार आचार्य र निवर्तमान अध्यक्ष उज्वल पौडेल लगायतका वक्ताहरूले हङकङ समाज तनहुले विगतका समयमा बाढी पिडित विपन्न वर्गका गरिब दीर्घरोगी हरूप्रति विगतदेखि नै सामाजिक उत्तरदायित्व बहन गरेको भन्दै समाजको उच्च प्रशंसा गरेका थिए। उक्त पत्रकार सम्मान कार्यक्रममा पत्रकार महासंघका कोषाध्यक्ष पूर्णविक् पुरस्कारले पत्रकारिता क्षेत्रमा अझ जिम्मेवार र सक्रिय भएर कलम चलाउन हौसला मिलेको बताए । कार्यक्रममा क्रियाशील पत्रकार सम्झना रसाइलीलाई सम्मान गरिएको थियो।

Like