अपराधअर्थतन्त्रइे-पेपरतनहुँ जिल्लाको विशेष समाचारदेशप्रदेशप्रदेश-१प्रदेश-२प्रदेश-३ [बागमती]प्रदेश-४ [गण्डकी]प्रदेश-५ [लुम्बिनी]प्रदेश-६ [कर्णाली]प्रदेश-७ [सुदुर पश्चिम]मुख्य समाचारशिक्षासंचारसमाचारस्पेसलहेडलाइन

हराएको सुनको सिक्री प्रहरीले फेला पारी सम्बन्धित धनीलाई बुझायो

Share to:


अन्जनराज न्यौपाने
गण्डकी प्रदेश सूचना ब्युरो

तनहुँ,
बेशीशहर–डुम्रे सडकखण्डमा यात्रा गर्ने क्रममा हराएको सुनको सिक्री प्रहरीले फेला पारी सम्बन्धित धनीलाई बुझाएको छ ।
मिति २०८३ मंसिर ६ गते साँझ करिब ५:४५ बजे लमजुङको बेशीशहर नगरपालिका–७ निवासी ४१ वर्षीया सरिता पुन भट्टराई बेशीशहरबाट डुम्रेतर्फ आउँदै गर्दा घाँटीमा लगाएको सुनको सिक्री हराएको थियो । उक्त घटनाको सूचना प्राप्त हुनासाथ प्रहरी चौकी तुरतुरेबाट खटिएको प्रहरी टोलीले तत्काल खोजतलास गरी हराएको सुनको सिक्री फेला पारेको हो । फेला पारिएको सिक्री आवश्यक प्रक्रिया पूरा गरी सम्बन्धित धनी भट्टराईलाई सकुशल हस्तान्तरण गरिएको जिल्ला प्रहरी कार्यालय तनहुँका प्रहरी प्रमुख टेकबहादुर कार्कीले जानकारी दिए।
प्रहरी प्रमुख कार्कीले चाडपर्व, विवाह तथा अन्य समयमा सार्वजनिक सवारीसाधन वा पैदल यात्रा गर्दा बहुमूल्य गरगहना तथा नगदको सुरक्षामा विशेष ध्यान दिन प्रहरीले सर्वसाधारणमा अपिल गरेका छन। यात्राका क्रममा गरगहना लगाउँदा सावधानी अपनाउन, झोला तथा खल्तीको सुरक्षामा ध्यान दिन र कुनै सामान हराएमा वा शंकास्पद गतिविधि देखिएमा तुरुन्तै नजिकको प्रहरी कार्यालय वा प्रहरी कन्ट्रोल १०० मा खबर गर्न प्रहरी प्रमुख टेकबहादुर कार्कीले अनुरोध गरेका छन्

Like