इे-पेपरतनहुँ जिल्लाको विशेष समाचारदेशप्रदेशप्रदेश-१प्रदेश-२प्रदेश-३ [बागमती]प्रदेश-४ [गण्डकी]प्रदेश-५ [लुम्बिनी]प्रदेश-६ [कर्णाली]प्रदेश-७ [सुदुर पश्चिम]मुख्य समाचाररोजगारी/सूचनासंचारसमाचारहेडलाइन

डीएसपी द्वारिका घिमिरे गण्डकी प्रदेशको कार्तिक महिनाको उत्कृष्ट प्रहरी घोषित

Share to:


अन्जनराज न्यौपाने
गण्डकी प्रदेश
सूचना ब्युरो
तनहुँ

जिल्ला प्रहरी कार्यालय तनहुँमा कार्यरत प्रहरी नायब उपरीक्षक (डीएसपी) द्वारिका प्रसाद घिमिरे २०८३ साल कार्तिक महिनाका लागि गण्डकी प्रदेशको उत्कृष्ट प्रदेश प्रहरी घोषित हुनुभएको छ।

जिम्मेवारी निर्वाहका क्रममा उहाँले प्रदर्शन गर्नुभएको व्यावसायिक दक्षता, कर्तव्यनिष्ठा, इमानदारी, अनुशासन तथा उत्कृष्ट कार्यसम्पादनको कदर गर्दै गण्डकी प्रदेश प्रहरी कार्यालयले उहाँलाई उत्कृष्ट प्रहरीका रूपमा छनोट गरेको हो।

शान्ति सुरक्षा कायम गर्ने, अपराध नियन्त्रण तथा अनुसन्धानलाई प्रभावकारी बनाउने, नागरिकमैत्री प्रहरी सेवामा जोड दिने र संगठनको छवि अभिवृद्धि गर्ने कार्यमा डीएसपी घिमिरेले पुर्‍याउनुभएको योगदान प्रशंसनीय रहेको छ।

जिल्लामा कार्यरत रहँदा उहाँले अपराध नियन्त्रण, ट्राफिक व्यवस्थापन, समुदाय-प्रहरी साझेदारी कार्यक्रम तथा पीडितमैत्री सेवामा देखाउनुभएको सक्रियता र नेतृत्व क्षमताले समग्र प्रहरी संगठनकै गरिमा बढाएको छ।

यस गौरवपूर्ण उपलब्धिका लागि डीएसपी घिमिरेज्यूलाई राष्ट्र संरक्षण डट कम परिवारको तर्फबाट हार्दिक बधाई तथा आगामी दिनमा अझ उत्कृष्ट कार्यसम्पादन गर्दै संगठनको गरिमा अभिवृद्धि गर्न थप सफलता मिलोस् भन्ने शुभकामना व्यक्त गर्दछौँ।

प्रकाशक / प्रमुख सम्पादक
अञ्जनराज न्यौपाने
सूचना ब्युरो शाखा गण्डकी प्रदेश

Like