इे-पेपरतनहुँ जिल्लाको विशेष समाचारप्रदेशप्रदेश-१प्रदेश-२प्रदेश-३ [बागमती]प्रदेश-४ [गण्डकी]प्रदेश-५ [लुम्बिनी]प्रदेश-६ [कर्णाली]प्रदेश-७ [सुदुर पश्चिम]मुख्य समाचारसंचारसमाचारहेडलाइन

व्यास-३ मा ३० लाखको योजनामा बन्ने पार्कको काम ६ लाख ५० हजारबाट सुरु हुने

Share to:


अन्जन राज न्यौपाने गण्डकी प्रदेश

तनहुँ । व्यास नगरपालिका वडा नम्बर ३ मा हरियाली, उज्यालो र ज्ञानलाई एउटै ठाउँमा समेट्ने गरी आधुनिक पार्क निर्माण हुने भएको छ । यस पार्कको विस्तृत परियोजना प्रतिवेदन डीपीआर अनुसार अनुमानित लागत करिब ३० लाख रुपैयाँ लाग्ने देखिएको छ । तर सम्पूर्ण रकम एकै पटक नआए पनि काम भने रोकिने छैन । अहिले प्राप्त ६ लाख ५० हजार रुपैयाँ बजेटबाट पहिलो चरणको काम सुरु गरिने भएको हो । यसबारे व्यास नगरपालिका वडा नम्बर ३ का वडा अध्यक्ष अनुप रानाले जानकारी दिए ।

उनका अनुसार पार्कलाई केवल घुमफिर गर्ने ठाउँका रूपमा मात्र नभई सबै उमेर समूहका मानिसले प्रयोग गर्न मिल्ने गरी बनाइनेछ । पार्कको बीच भागमा पानीको फोहोरा रहने छ भने वरिपरि हरियो दूबो बिछ्याइनेछ । बस्नका लागि कुर्सीको व्यवस्था गरिनुका साथै साँझ बिहान पनि उज्यालो होस् भनेर फ्लड लाइट जडान गरिनेछ । पार्कलाई सुरक्षित बनाउन सीसी क्यामेरा जडान गर्ने योजना पनि रहेको छ । यति मात्र होइन, पार्कभित्रै पत्रपत्रिका र पुस्तक पढ्न मिल्ने गरी ओपन पुस्तकालयसहितको पढ्ने ठाउँको व्यवस्था गरिनेछ ।

वडा अध्यक्ष रानाले सामान्य आधारभूत आर्थिक प्रयोगबाटै पनि राम्रो र व्यवस्थित पार्क बनाउन सकिने बताउँदै यसलाई सबैको साझा सम्पत्तिका रूपमा जोगाउन स्थानीयलाई आग्रह गरेका छन् । थोरै बजेटबाट सुरु भएको भए पनि सबैको साथ, सहयोग र सचेतनाले यो योजना पूर्ण रूपमा सम्पन्न हुने विश्वास उनले व्यक्त गरे ।

Like