तनहुँ जिल्लाको विशेष समाचारदेशधर्म–संस्कृति/रीतिथितिप्रदेशप्रदेश-१प्रदेश-२प्रदेश-३ [बागमती]प्रदेश-४ [गण्डकी]प्रदेश-५ [लुम्बिनी]प्रदेश-६ [कर्णाली]प्रदेश-७ [सुदुर पश्चिम]शिक्षाहेडलाइन

मीन मावि पूर्व विद्यार्थी समाजको अध्यक्षमा थापा चयन, २०४३ को ब्याचद्वारा अक्षयकोष स्थापना

Share to:


अन्जनराज न्यौपाने गण्डकी प्रदेश
तनहु।
​थर्पु (तनहुँ), कात्तिक २८ । म्याग्दे गाउँपालिका–४, थर्पुस्थित श्री मीन माध्यमिक विद्यालयको पूर्व विद्यार्थी समाजको साधारणसभा तथा अधिवेशन सम्पन्न भएको छ ।
​पूर्व विद्यार्थी समाजका अध्यक्ष कृष्णहरि वाग्लेको अध्यक्षतामा शुक्रबार सम्पन्न अधिवेशनले विद्यालयका पूर्व विद्यार्थी एवं पूर्व प्रधानाध्यापक हरिबहादुर थापाको नेतृत्वमा १५ सदस्यीय नयाँ कार्यसमिति सर्वसम्मत चयन गरेको हो ।
​सोही समारोहका बीच विद्यालयको शैक्षिक तथा भौतिक सुधारमा टेवा पुर्‍याउने उद्देश्यले एक लाख एघार हजार एक सय एघार रुपैयाँ (रु. १,११,१११) को अक्षयकोष समेत स्थापना गरिएको छ । २०४३ सालको एसएलसी ब्याचका संयोजक भाग्यशाली ढुंगाना र सह–संयोजक (अर्थ विभाग) क्याप्टेन पूर्णबहादुर सारु लगायतको समूहले उक्त अक्षयकोष स्थापना गरेका हुन् । अन्य एसएलसी ब्याचहरूलाई पनि विद्यालयको विकासमा हातेमालो गर्न उत्प्रेरणा मिलोस् भन्ने हेतुले कोष स्थापना गरिएको दाता समूहले जनाएको छ ।
​वि.सं. २०१६ सालमा बेलटारमा मिडल स्कुलका रूपमा स्थापित यस विद्यालय वि.सं. २०२१ सालमा म्याग्दे–४, थर्पुमा माध्यमिक तह (हाइस्कुल) का रूपमा स्तरोन्नति भई सञ्चालनमा आएको थियो । विद्यालयबाट वि.सं. २०२३ सालमा पहिलो ब्याचका विद्यार्थीहरू एसएलसी परीक्षामा सहभागी भएका थिए ।

Like