प्रदेश-१प्रदेश-२प्रदेश-३ [बागमती]प्रदेश-४ [गण्डकी]प्रदेश-५ [लुम्बिनी]प्रदेश-६ [कर्णाली]प्रदेश-७ [सुदुर पश्चिम]मुख्य समाचारसमाचारहेडलाइन

नेपाल प्रहरीको महानिरीक्षकमा डा. मनोज कुमार के.सी नियुक्त

Share to:

अन्जनराज न्यौपाने
सुचना ब्युरो
काठमाडौं नेपाल

नेपाल प्रहरीका नवनियुक्त प्रहरी महानिरीक्षक (आईजीपी) डा. मनोज कुमार के.सी.ज्यूको नेपाल प्रहरी प्रधान कार्यालय, नक्सालमा भव्य स्वागत, पदबहाली तथा वृक्षारोपण कार्यक्रम सम्पन्न भएको छ।
गृह मन्त्रालयमा आयोजित विशेष समारोहमा दर्ज्यानी चिह्न (फुली) सुशोभित भएपश्चात् नेपाल प्रहरी प्रधान कार्यालय पुग्नुभएका प्रहरी महानिरीक्षक डा. के.सी.लाई प्रहरी अतिरिक्त महानिरीक्षकहरू, वरिष्ठ प्रहरी अधिकृतहरू तथा जवानहरूले भव्य स्वागत गरेका थिए।
पदबहाली तथा वृक्षारोपण कार्यक्रम
प्रधान कार्यालय परिसरमा पुगेर अमर प्रहरी स्मारकमा श्रद्धाञ्जली अर्पण गरेपश्चात् प्रहरी महानिरीक्षक डा. के.सी.ले शुभसाइतमा आफ्नो पदबहाली गर्नुभयो। सोही अवसरमा वातावरण संरक्षण एवं हरियाली अभिवृद्धि गर्ने उद्देश्यका साथ प्रधान कार्यालय परिसरमा उहाँबाट वृक्षारोपण समेत सम्पन्न भएको छ।
प्रहरी अधिकृत तथा जवानहरूलाई कडा निर्देशन सम्बोधन
पदबहाली पश्चात् आयोजित विशेष समारोहलाई सम्बोधन गर्दै प्रहरी महानिरीक्षक डा. के.सी.ले उपस्थित सकल दर्जाका प्रहरी अधिकृत तथा जवानहरूलाई व्यावसायिक, निष्पक्ष र परिणाममुखी सेवा प्रवाहका लागि स्पष्ट निर्देशन दिनुभयो।
सम्बोधनका क्रममा प्रहरी महानिरीक्षक डा. के.सी.का मुख्य निर्देशन तथा प्रतिबद्धताहरू राजनीतिक प्रभावबाट मुक्त संगठन: नेपाल प्रहरीलाई कुनै पनि प्रकारको राजनीतिक दबाब वा प्रभावबाट मुक्त राख्दै पूर्ण रूपमा कार्यगत स्वायत्तता र व्यावसायिकताका आधारमा सञ्चालन गरिने।
नागरिकमैत्री सेवा र जनविश्वास: प्रहरीलाई देखेर नागरिकले डर होइन, सुरक्षा र भरोसाको अनुभूति गर्ने वातावरण निर्माण गर्नुपर्ने। नागरिकको विश्वास नै प्रहरी संगठनको मुख्य पुँजी भएकाले सेवा प्रवाहलाई थप पारदर्शी र सर्वसुलभ बनाउन ताकीद गरिएको छ।
अपराध अनुसन्धानमा शून्य सहनशीलता: अपराध नियन्त्रण र अनुसन्धानमा कुनै पनि सम्झौता नगरिने र कानुनको दायराभन्दा माथि कोही नहुने कुरा स्पष्ट पार्दै उच्च पेसागत दक्षता प्रदर्शन गर्न मातहतलाई निर्देशन दिइएको छ।
संगठनात्मक सुदृढीकरण तथा मनोबल वृद्धि: कार्यक्षेत्रमा खटिने तल्लो दर्जाका प्रहरी जवानदेखि अधिकृतहरूसम्मको मनोबल उच्च बनाउन तथा आन्तरिक शुद्धीकरणलाई प्राथमिकताका साथ अगाडि बढाउने प्रतिबद्धता व्यक्त गरियो।
कार्यक्रममा नेपाल प्रहरीका उच्च पदस्थ अधिकृतहरू, विभिन्न विभागका प्रमुखहरू तथा काठमाडौँ उपत्यकास्थित प्रहरी इकाईका प्रतिनिधिहरूको उपस्थिति रहेको थियो।

Like