प्रदेशप्रदेश-१प्रदेश-२प्रदेश-३ [बागमती]प्रदेश-४ [गण्डकी]प्रदेश-५ [लुम्बिनी]प्रदेश-६ [कर्णाली]प्रदेश-७ [सुदुर पश्चिम]मुख्य समाचारसमाचार

समाजमा शान्ति सुरक्षा कायम राख्न जिल्ला प्रहरी कार्यालय तनहुँद्वारा ग्रामीण गस्ती परिचालन

Share to:


राष्ट्र संरक्षण डटकम –

तनहुँ – जिल्लामा शान्ति सुरक्षा कायम राख्न तथा आपराधिक गतिविधि नियन्त्रण गर्न जिल्ला प्रहरी कार्यालय तनहुँ तथा मातहतका सम्पूर्ण प्रहरी इकाइहरूबाट ग्रामीण गस्ती परिचालन गरिएको छ।

जिल्ला प्रहरी कार्यालय तनहुँका अनुसार पछिल्लो समय चोरी, तस्करी लगायतका अवाञ्छित गतिविधिहरू बढ्न सक्ने आंकलन गर्दै विशेष सुरक्षा योजना अन्तर्गत गस्ती बढाइएको हो। विशेष गरी रातिको समयमा हुने चोरी, नदीजन्य पदार्थको अवैध उत्खनन तथा ओसारपसार, लागुऔषध तस्करी र अन्य अपराधिक क्रियाकलाप नियन्त्रणका लागि यो अभियान चलाइएको प्रहरीले जनाएको छ।

प्रहरीले ग्रामीण भेगका टोल-टोलमा पुगेर नागरिकहरुसँग समन्वय गर्दै शंकास्पद गतिविधि देखिएमा तत्काल प्रहरीलाई खबर गर्न आग्रह गरेको छ। यसका साथै जिल्लाका मुख्य नाका, बजार क्षेत्र र एकान्त स्थानहरूमा पनि नियमित चेकजाँच र निगरानी बढाइएको छ।

जिल्ला प्रहरी कार्यालय तनहुँले शान्ति सुरक्षा नै प्रहरीको पहिलो प्राथमिकता रहेको बताउँदै, समाजमा अमनचयन कायम राख्न सबै नागरिकको सहयोग आवश्यक रहेको बताएको छ। प्रहरीको यो सक्रियताले स्थानीय बासिन्दामा सुरक्षाको अनुभूति बढेको छ।

Like