तनहुँका प्राडा ईश्वरचन्द्र वाग्ले गण्डकी प्रज्ञा–प्रतिष्ठानको विभाग प्रमुखमा नियुक्त

अन्डरराज न्यौपानी गण्डकी प्रदेश तनहुँ
राष्ट्र संरक्षण
तनहुँ, कार्तिक १३
तनहुँका प्राडा ईश्वरचन्द्र वाग्लेले गण्डकी प्रज्ञा–प्रतिष्ठानको प्रज्ञा परिषद् सदस्य तथा भाषा र साहित्य विभाग प्रमुखको जिम्मेवारी ग्रहण गरेका छन्।
प्राडा वाग्लेले आज गण्डकी प्रज्ञा–प्रतिष्ठानमा आयोजित एक विशेष कार्यक्रमकाबीच उक्त जिम्मेवारी ग्रहण गर्दै औपचारिक रूपमा पदस्थापन गरेका हुन्। प्रादेशिक तहमा भाषा, साहित्य, कला र संस्कृतिको विकास, संरक्षण तथा प्रवर्द्धन गर्ने महत्त्वपूर्ण उद्देश्यसहित उनले प्रतिष्ठानमा यो नयाँ जिम्मेवारी सम्हालेका हुन्।
शैक्षिक तथा प्राज्ञिक क्षेत्रमा लामो समयदेखि सक्रिय वाग्लेको यो नियुक्तिले गण्डकी प्रदेशमा नेपाली भाषा, साहित्य र सिर्जनात्मक क्षेत्रको उठान तथा प्रवर्द्धनमा थप टेवा पुग्ने विश्वास गरिएको छ।
Like
