नेपाली कांग्रेस १५औं महाधिवेशन: अपना खनालद्वारा केन्द्रीय महाधिवेशन प्रतिनिधि (खुला महिला तर्फ) पदमा उम्मेदवारी घोषणा

तनहुँ, क्षेत्र नं. १ — नेपाली कांग्रेसको आगामी १५औं महाधिवेशनलाई लक्षित गर्दै तनहुँ क्षेत्र नं. १ बाट जुझारु, बौद्धिक तथा सांगठनिक रूपमा अत्यन्त क्रियाशील व्यक्तित्व अपना खनालले केन्द्रीय महाधिवेशन प्रतिनिधि पद (खुला महिला तर्फ) मा उम्मेदवारी घोषणा गरेकी छिन्।
विद्यार्थी जीवनकालदेखि नै नेपाली कांग्रेसका विभिन्न तह र तप्कामा सक्रिय रहेर पार्टी संगठनको सुदृढीकरणमा महत्त्वपूर्ण योगदान पुर्याउँदै आएकी खनाल एक कुशल नेतृत्वकर्ताको रूपमा परिचित छिन्।
उम्मेदवार खनालका परिचय तथा व्यावसायिक पृष्ठभूमि:
राजनीतिक यात्रा: विद्यार्थी कालदेखि नै नेपाली कांग्रेसको राजनीतिमा निरन्तर सक्रिय, पार्टीका विभिन्न सांगठनिक गतिविधि र अभियानहरूमा अग्रपंक्तिमा रहेर काम गरेको।
व्यावसायिक तथा प्राज्ञिक क्षेत्र:
निर्माण व्यवसायी तथा निर्माण व्यवसायी संघ, गण्डकी प्रदेशको सदस्य।
समाजशास्त्र (Sociology) मा स्नातकोत्तर तथा सहप्राध्यापक (Associate Professor) को रूपमा प्राज्ञिक क्षेत्रमा संलग्न।
मेडिकल व्यवसायीको रूपमा पनि सामाजिक सेवा तथा स्वास्थ्य क्षेत्रमा सक्रिय।
मुख्य मुद्दा तथा नारा:
”निष्ठ, समर्पण र सामर्थ्यको राजनीति आजको आवश्यकता” भन्ने मूल मन्त्रलाई आत्मसात् गर्दै उनले राजनीतिलाई सेवा र समृद्धिको माध्यम बनाउने प्रतिबद्धता व्यक्त गरेकी छिन्।
समृद्ध नेपाल निर्माणको अभियानमा जुट्न र पार्टीलाई अझ बढी गतिशील तथा जनमुखी बनाउन सम्बद्ध सबैको अमूल्य मत, सहयोग र सद्भावका लागि अपिल गरेकी छिन्।

