प्रदेश-४ [गण्डकी]समाचार

कांग्रेसको १५औँ महाधिवेशन: तनहुँबाट ४ केन्द्रीय सदस्य क्षेत्रीय प्रतिनिधिमा निर्वाचित

Share to:

अन्जन राज न्यौपाने गण्डकी प्रदेश
तनहु

​दमौली, ४ असोज
नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत सम्पन्न वडा अधिवेशनबाट तनहुँका ४ जना केन्द्रीय सदस्य क्षेत्रीय प्रतिनिधिमा निर्वाचित भएका छन्।
​वडा तहबाटै पार्टीको आगामी नेतृत्व चयन प्रक्रियामा सक्रिय सहभागिता जनाउने क्रममा उनीहरू आफ्नो गृह वडाबाट क्षेत्रीय प्रतिनिधिमा चयन भएका हुन्।
​निर्वाचित हुने केन्द्रीय सदस्यहरू र क्षेत्र:
​ध्रुव वाग्ले: व्यास नगरपालिका–५
​चिनु पोख्रेल: भानु नगरपालिका–५
​प्रकाश पन्थ: व्यास नगरपालिका–१
​गोविन्द भट्टराई: व्यास नगरपालिका–११
​कांग्रेसको विधान अनुसार महाधिवेशन प्रतिनिधि बन्नका लागि वडाबाटै क्षेत्रीय प्रतिनिधिमा निर्वाचित हुनुपर्ने व्यवस्था रहँदै आएको छ। केन्द्रीय तहका नेताहरू नै वडाबाटै चुनावी प्रक्रियामार्फत प्रतिनिधिमा चयन हुनुले स्थानीय तहमा कार्यकर्ता र नेताबीचको सुमधुर सम्बन्ध तथा चुनावी प्रतिस्पर्धाको महत्वलाई थप प्रस्ट्याएको छ।

Like