हरितालिका तिज पर्व व्यवस्थापन समिति अन्तर्गत बिभिन्न उपसमितिहरुको बैठक सम्पन्न
रासंसा/काठमाण्डौं, भाद्र २४,
मुलुकमा पशुपति क्षेत्र विकास कोषद्वारा हिन्दु नारीहरुको महान पर्व हरितालिका (तीज)मेला -२०८३ मा आराध्यदेव भगवान् श्रीपशुपतिनाथको दर्शनार्थ आउनुहुने भक्तजनहरूलाई व्यवस्थित किसिमले दर्शन गराउने उद्देश्यले आज हरितालिका पर्व व्यवस्थापन समिति अन्तर्गत बिभिन्न उपसमितिहरुको बैठक सम्पन्न भएको छ ।त्यस्तै आज बसेको स्वयंसेवक परिचालन उपसमितिको बैठक उपसमितिका संयोजक एवम् परिषद् सदस्य केदारमान भण्डारीको संयोजकत्वमा वसेको सो बैठकमा पशुपति क्षेत्र विकास कोषका सदस्यसचिव तीर्थ श्रेष्ठ, कोषाध्यक्ष मीनाकुमारी श्रेष्ठ, परिषद् सदस्य एवम् मन्दिर दर्शन व्यवस्था उपसमितिका संयोजक गङ्गा सागर बानिया, परिषद सदस्य एवम् स्वास्थ्य सेवा उपसमितिका संयोजक रूपा सिंह, वास्तौला, परिषद सदस्य तिज ब्यबस्था समितिका संयोजक संगीताकुमारी राम सहित कोषका अन्य कर्मचारी र विभिन्न संघ संस्थाका प्रतिनिधिहरुको उत्साहजनक उपस्थिति थियो ।
कार्यक्रममा स्वयंसेवक परिचालन उपसमितिका संयोजक केदारमान भण्डारीले तीजमा दर्शन व्यवस्थाका प्रस्तावहरु पेश गर्नुभएको थियो । त्यस्तै सुरक्षा व्यवस्था उपसमितिको बैठकमा काठमाण्डौ प्रमुख जिल्ला अधिकारी श्री ईश्वर राज पौडेलज्यूको प्रमूख आतिथ्यतामा सुरक्षाव्यवस्था उपसमितिको बैठक बसिएको थियो । त्यस्तै चार वटा नै सुरक्षा निकायहरु का प्रमूखहरु को उपस्थिति रहेको थियो । बैठकमा कामपा ८ वडा अध्यक्ष आशामान संगत र ७ वडा अध्यक्षको उपस्थिति रहेको थियो । सुरक्षा समितिका संयोजक राम सोबित नायक वाट हरितालिका तिज सुरक्षाव्यवस्था सम्बन्धमा जानकारि गराउनु भयो । दर्शन र चन्दन पुजा ब्यबस्था उपसमितिको संयोजक गंगासागर बानिया त्यस्तै प्रचार प्रसार ब्यबस्था उपसमितिमा परिषद सदस्य संगिता कुमारि राम र स्वास्थ्य, खाने पानी स्थल ब्यबस्था उपसमितिको संयोजक रुपा साहि बास्तोला तथा अतिथि सत्कार र अनुगमन उपसमितिको संयोजक कोषका सदस्य सचिब तिर्थ प्रसाद श्रेष्ठ बाट बिभिन्न तिज ब्यबस्था तयारी सम्बन्धमा छलफल गरिएको थियो । त्यसैगरी उक्त बैठकमा सहभागी संघसंस्थाका प्रतिनिधिहरुले तीजलाई मर्यादित र व्यवस्थित बनाउन गर्नुपर्ने सुधारका विषयमा ध्यानाकर्षण गराउनुभएको थियो ।
पशुपतिनाथको पावन क्षेत्रमा देशभरबाट आउने श्रद्धालु भक्तजनहरुलाई सुरक्षित, व्यवस्थित र सहज रूपमा दर्शन तथा पूजा–आराधना गर्ने वातावरण सुनिश्चित गर्न सम्बन्धित सबै निकायबीच आवश्यक समन्वय र सहकार्यलाई प्रभावकारी बनाउने विषयमा छलफल गरिएको छ। सम्बन्धित सम्पूर्ण निकायको सहकार्यमा तीज पर्वलाई सुरक्षित, व्यवस्थित र भक्तिमय बनाऔं।
यस वर्षको हरितालिका (तीज) आगामी भदौ २९ गते सोमबार भव्य र ब्यबस्थितताका साथ मनाउन सबैको सहकार्यको लागि हार्दिक अनुरोध गरिएको कोषका सदस्य केदार मान राजभण्डारीले बताउनु भएको छ ।
